gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा निर्माण व्यावसायीको चरम लापरबाही, बिना सूचना डोजर संचालन गर्दा ढुङ्गाले लागेर बिद्यार्थीको मृत्यु

टोपलाल अर्याल
गुल्मी, २८ जेठ । मुसिकोट नगरपालिका २ का १४ बर्षीया गगन रायमाझीले झोला बोकेर घरबाट बिद्यालय निस्किएको ५ मिनेट नहुँदै डोजरले फालेको ढुङ्गाले लागेर ज्यान गुमाए । उनले मुिसकोट नगरपालिका ३ को पृथ्वी माविमा कक्षा ९ मा पढ्थे । घटनाले आमा कल्पना रायमाझी अझै मुर्छित छन् । हुर्केको एक्लो छोरा गुमाउँदा बुबा हरि बहादुर रायमाझीका आँखा ओभाएका छैनन् । सिंङ्गो बिद्यालय शोकमा डुवेको छ ।

शुक्रबार गगनको शोकमा पृथ्थी माद्यामिक बिद्यालय बन्द गरियो । ‘गगनको चन्चलता सम्झिएर बिद्यालय बस्नै सकिएन । ठुलो संभावना भएको साथी गुमाएका छौ,’गगनका साथी निशान्त घिमिरेले भने,‘परिवारमा अझै कति पीडा भएको होला ।’

म पुग्दा अचेत र रगताम्य थिए ….

गगन सधै साथीहरुसंग बिद्यालय हिड्थे । बिहिबार पनि साथीहरुसंग नै थिए । तर, अरु भन्दा केहि अगाडी । एक्कासी डोजरले पल्टाएको ढुङ्गाले गगनलाई लाग्यो । उनी अचेत भएर सडकमा पल्टिए । साथीहरुले केहि पर भएकी पृथ्वी माविकी शिक्षिका सम्झना कार्कीलाई खबर गरे । शिक्षिका हतारमा दौडिएर गगन ढलेको स्थानमा पुगिन् । उनले रगताम्य र अचेत अवस्थामा गगनलाई देखेपछि तत्काल बिद्यालय र परिवारमा खबर गरेको बताइन् । ‘त्यो दर्दनाक अवस्थाले मसंगै अरु बिद्यार्थी बिक्षिप्त बने । थुप्रै बिद्यार्थी संगै थिए । डोजर चलेको बिषयमा कुनै जानकारी थिएन,’उनले भनिन,‘आँखा अगाडी एउटा राम्रो बिद्यार्थी गुमाएको पीडाले निदाउन सकिएन् ।’ दुर्घटनाको केहिबेर मै आफन्तहरुले थप उपचारको आशमा गुल्मी अस्पताल लगेपनि अन्तत: गगन फर्किएनन ।

म्याद सकिएको ठेक्का : भएन सूचनाको हेक्का

मुसिकोट नगरपालिका ३ धारापानी हुँदै पृथ्वी मावि पढ्न आउने बिद्यार्थीहरुको बिहान ८ बजेबाटनै घुइँचो चल्छ । अहिले डोजर संचालन भएको सडक नयाँ होइन् । स्थानीयका अनुसार डोजर संचालन गर्नुपर्ने ठुलो काम पनि थिएन् । तर, बिद्यार्थी बिद्यालय हिड्ने समयमा बिना सूचना संचालन गरियो । डोजरले फालेको ढुङ्गाले लागेर रायमाझी परिवारको छोरा, पृथ्वी माविको बिद्यार्थी मात्रै नभएर देशकै एक होनहार कणधार गुमाउनु परेको छ । यो निर्माण व्यावसायीको चरम लाप्रबाही हो । स्थानीय युवा बसन्त अधिकारीले रातडाँडा–मुसिकोट मैदान–नेटा सडकको काममा ढिका सुस्ती मात्रै नभएर एक जना बिद्यार्थीले अनाहकमा ज्यान गुमाउन परेको बताए । निर्माण व्यावसायीले समयमै काम गर्न नसकेपछि एक बर्षे म्याद थपको प्रक्रिया कुरेका छन् । गत चैतमै ठेक्काको म्याद सकिएपछि ग्राभेलपछि नाली व्यावस्थापनको काम गरिरहेको सडक पुर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिीनियर सागर मरासिनीले बताए ।

चालक फरार : निर्माण व्यावसायी पक्राउ

घटनापछि डोजर चालक शेर बहादुर विक फरार छन् । मृतक गगनका बुबा हरि बहादुरले रायमाझीले छोराका ज्यान पैसासंग नसाट्न प्रहरी तथा प्रशासनसंग आग्रह गरे । उनले बिना लाइसेन्स र बिना सूचना डोजर संचालन गर्ने चालक र निर्माण व्यावसायीलाई हदैसम्मको कारबाहीको माग गरे । ‘अब मेरो छोरो फर्किदैन । निर्माण व्यावासायीको लाप्रबाही बिरुद्ध सवै बोल्दिनु प¥यो, ’उनले गुल्मिन्युजसंग रुदै भने, ‘पैसाले दोषि उम्किए मृतकको आत्माले शान्ति पाउँदैन् ।’

गगनले अध्ययन गर्ने पृथ्वी माविका प्रध्यानाध्यापक चन्द्र बहादुर पाण्डेयले बिद्यालयकै अनुशासित, सृजनशिल एवं पढाइमा अब्बल बिद्यार्थी बिद्यालयले गुमाएकोमा निकै पीडाको महसुस भएको बताउँदै चरम लाप्रबाही गर्ने बिरुद्ध कारबाहीको माग गरे । जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक माधवराज खरेलले वडागाउँको घटनामा चरम लाप्रबाही देखिएको बताए । उनले सुर्य कन्स्ट्रक्सनका निर्माण व्यावसायी बोम बहादुर भाट र लु २ क ९४६७ नम्बरको डोजर नियन्त्रणमा लिएको बताए । चालक नै फरार भएकाले लाइसेन्स भए वा नभएको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

लापरबाही पहिलो होइन

गत ३ पुस ०७७ मा चन्द्रकोट गाउँपालिका ८ की ५ बर्षीया जस्मिन कुमालको पनि डोजरले फालेको ढुङ्गाले लागेर ज्यान गयो । घरमै खेल्दै गरेकी कुमाललाई लु १ क २३६२ नम्बरको डोजरले पल्टाएको ढुङ्गाले लागेपछि ज्यान गएको थियो । त्यस्तै १२ कार्तिक ०७७ मा धुर्कोट गाउँपालिका ३ की ४१ बर्षीया सेक कुमारी मुखियाको पनि डोजरले पल्टाएको ढुङ्गाले लागेर ज्यान गएको थियो ।

घाँस काट्दै गरेकी मुखियालाई लु १ क १३०३ नम्बरको डोजरले पल्टाएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । निर्माण व्यावासायी सडकमा डोजर संचालन गर्दा प्रहरी प्रशासन, योजना कार्यान्वयन गर्ने कार्यालय र स्थानीयलाई सूचना दिनुपर्छ । तर, गुल्मीका ठुला–साना निर्माण व्यावासायीले मनलाग्दी गर्ने गरेका छन् । आफु अनुकुल काम गर्ने, अनियमित सडक बन्द गर्ने र समयमै काम नगरेर स्थानीयलाई निकै सास्ती पुराउने गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले निर्माण व्यावसायीले मनपरी सडक बन्द गरेको बिषयमा सूचना र गुनासा आइरहेकोले प्रशासनले आवश्यक योजना बनाउने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D