gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा नागरिक सञ्जालद्धारा स्थानीय सरकारलाई ध्यानाकर्षण

अनिल खत्री
१७ साउन, गुल्मी । गुल्मी जिल्लामा क्रियाशील नागरिक समाजका संस्थाहरुले जिल्लामा सुशासन प्रवद्र्धनका लागि जिल्लास्तरीय नागरिक सञ्जालले स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सदरमुकाम तम्घासमा सम्पन्न ‘सुशासन प्रवद्र्धनमा सरकारवालाको भूमिका’ विषयक कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीलाई ७ बुँदे ध्यानाकषर्ण पत्र बुझाएका हुन् । एकीकृत ग्रामीण बिकास समाज गुल्मी पारस्परिक जवाफदेहिता परियोजनाले सदरमुकाम तम्घासका बिभिन्न सरोकारवालासँग कार्यक्रम राखेको थियो ।

ध्यानाकर्षण पत्रमा.स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८(५), बमोजिम हरेक स्थानीय तहले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम सञ्चालन गरी वित्तिय जवाफदेहितालाई प्रभावकारी बनाउने व्यवस्था छ । सोही अनुरुप स्थानीय तहहरुलाई नियमित रुपमा सामाजिक जवाफदेहिताका औजारहरुको कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुहुन आग्रह गरिएको थियो ।

कोभिड १९ को सन्दर्भमा स्थानीय तहहरुले गरेको क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, लकडाउनको पालना र कार्यान्वयन लगाएतका कामहरु समग्रमा प्रभावकारी रहेतापनि उक्त शिर्षकमा हरेक स्थानीय तहहरुबाट के कति रकम खर्च भएको छ, उक्त खर्चको विवरण सार्वजनिक नभएकोले उक्त विवरण सार्वजनिक गरी आम नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्ने व्यवस्था मिलाउनुहुन आग्रह गरिएको थियो ।

त्यस्तै .स्थानीय तहहरुले यस आर्थिक वर्ष २०७७⁄७८ को बजेटको पूर्ण विवरण आफ्नो वेभसाइटमा अपडेट गर्नुपर्ने र वडातहका आम नागरिकमा समेत कुन कुन शिर्षकमा के कति बजेट विनियोजन भयो भन्ने जानकारी दिने व्यवस्था मिलाउनु पत्रमा उल्लेख गरिएको छ । जिल्लामा भइरहेका विकास निर्माणका कामहरुमा हुने अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख छ ।

अनुगमनमा नागरिक समाजका प्रतिनिधि, पत्रकार लगाएत तेस्रो पक्षको समेत सहभागिता सुनिश्चत गर्नुपर्ने ध्यानाकषर्ण पत्रमा उल्लेख गरिएको थियो । स्थानीय तहहरुमा भएका न्यायिक समितिहरुको प्रभावकारिता वृद्धि गर्न थप ध्यान दिनुपर्ने जोड दिइएको छ ।

त्यस्तै .स्थानीय तहको बेरुजुलाई कम गर्ने कार्यमा आवश्यक पहलकदमी लिनुहुन ध्यानाकषर्ण गरिइएको छ । सरकारी सवारी साधनहरु बिदाको दिनमा समेत नीजि प्रयोजनका लागि प्रयोग गरिएको जनगुनासो आएकोले उक्त कार्य रोक्नका लागि प्रभावकारी कदम ध्यानाकषर्ण गरिइएको हो ।

जन चाहना अनुसार काम भएनन्

‘सुशासन प्रवद्र्धनमा सरकारवालाको भूमिका’ विषयक कार्यक्रममा सहभागिले नागरिक समाज, मानवअधिकरकर्मी तथा सहभागिहरु पदमप्रसाद पाण्डे, बिनोद पाण्डेय, दुर्गा पाण्डे, ओम कार्की, नरेश भण्डारी, टोपलाल अर्याल लगायतले योजना, बजेट निर्माणदेखि नै जनसहभागिता पनि नभएको पाइएको बताएका थिए । कार्यक्रममा सहभागिहरुले जनताको अपेक्षा र जनप्रतिनिधीको दुरी रहेकाले जन चाहना अनुसार सुशासन हुननसकेको गुनासो गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले संजालबाट गराइएका ७ बुँदे ध्यानाकषर्ण पत्र अनुसार स्थानीय सरकारसँग यसबारे जानकारी गराउने प्रतिबद्धता गरे । कामै नभएको प्रति भन्दा पनि यसलाई राम्रो बनाउने तर्फ सबैले खबदारी गर्नुपर्नेमा जोड दिएका थिए ।

जिल्ला स्थित बिभिन्न सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा संजालका सदस्य दुर्गा पाण्डेयको अध्यक्षता, जिल्ला समन्य समति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता र एकिकृत ग्रामीण बिकास समाजका उपाध्यक्ष भगवती श्रीसको स्वागत र पत्रकार टोपलाल अर्यालको सहजी करणमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D