gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा नयाँ प्रहरी प्रमुख भट्टराईद्वारा पदभार

अनिल खत्री
२५ फागुन, गुल्मी । गुल्मी प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) गोपलचन्द्र भट्टराईले जिल्लाका पत्रकारसँग परिचयात्मक कार्यक्रम गरेका छन् । केहि दिन अघि सरुवा भएर गुल्मी आएका भट्टराईले जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुसँग जिल्लाको वस्तु स्थितीको बारेमा जानकारी लिएका थिए ।

प्रहरी उपरिक्षक (एसपी) गोपलचन्द्र भट्टराई

भेटघाटमा प्रहरी प्रमुख (एसपी) भट्टराईले जिल्लामा प्रहरी र नागरिकसँगको दुरीलाई नजिक ल्याउने काम गर्ने बताए । उनले जिल्लामा पछिल्ला केहि महिनामा घटेका अपराधिक घटनाहरुले गर्दा प्रहरी र नागरिक बिच दुरी बढेको बताए ।

उनले त्यो दुरीलाई नजिक ल्याउने काम आफनो मुख्य जिम्मेवारी रहेको बताए । कुनैपनि घटनाहरुमा सफल अनुसन्धान गर्न नागरिक र प्रहरी नजिक हुनुपर्नेमा जोड दिए ।

जिल्लालाई शान्ति सुरक्षाका लागि आफु सधैँ तत्पर रहने बताए । उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सवालमा पत्रकारहरुको सहयोगको अपेक्षा गरेको बताए ।

पत्रकारहरुले जिल्लामा पछिल्ला केहि महिना यता घटेका तर दोषी पत्ता नलागेका जघन्य घटनाहरुमा गहिरो अनुसन्धान गर्न ध्यानाकषण गराएका थिए ।

यस अघिका एसपी प्रविणलाल श्रेष्ठको सरुवा भएपछि नयाँ प्रमुखमा एसपी भट्टराई आएका हुन् । यस अघिका एसपी श्रेष्ठ गत भदौमा गुल्मी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीको रुपमा आएका थिए ।

तर उनले जिल्लामा पछिल्ला केहि घटनामा सफल अनुसन्धान नगरेको स्थानीयको चौतफी बिरोध भएपछि सरुवा भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D