गुल्मीमा नग्न अवस्थामा एक महिलाको शव फेला

गुल्मी, भदौ ११ । बिहिबार बिहान गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक बेवारिसे महिलाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ८ स्थित बाघ खोला भन्ने स्थानकी बडिगाड खोलाको बगरको बीचमा अन्दाजी ४० बर्षिय महिलाको नग्न अवस्थामा शव फेला परेको रातोपाटी डट कमले खबर छापेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी केदार राज पन्थकाअनुसार कलेजी रङ्गको ढाकाको कुर्ता लगाएकी महिलाको शव भेटिएको हो ।

बायाँ हातमा घडी , दायाँ हातमा चुरा लगाएकी ती महिलाको शव भेटिएको डिएसपी पन्थले बताए ।

जिल्ला समन्वय समितिका सदस्य तथा स्थानीय चेतन बस्नेतले अहिलेसम्म पहिचान गर्न नसकिएको बताए । शव फेला परेको स्थान साविक तुराङ्ग गाबिस हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ