गुल्मीमा धान उत्पादन बृद्धि

अनिल खत्री
१८ पुस, गुल्मी । गुल्मीमा यो वर्ष धान उत्पादन बृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले दिएको तथ्याङ्ककका आधारमा जिल्लामा गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा बृद्धि भएको हो ।

जिल्लाको बिभिन्न ठाउमा रहेको कुल १० हजार ३ सय २२ क्षेत्रफलमा लगाईएको धान वालिमा यस वर्ष २९ हजार १ सय ६९ म्याट्रिक टन उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक हरिप्रसाद आचार्यले बताए ।

गत वर्ष भन्दा यस वर्ष अघिल्लो वर्ष भन्दा ४ दशमलव ५ प्रतिशत वढी उत्पादन भएको हो । जिल्लामा अघिल्लो वर्ष २७ हजार ९ सय १३ म्याट्रिक टन धान वालि उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख सनबहादुर रानाले बताए ।

गत वर्ष १० हजार ४ सय ३४ क्षेत्रफलमा धान वालि उत्पादन भएको थियो । तर यस वर्ष १ सय १३ उब्जनि क्षेत्रफल धान वालि नलगाएको रानाले बताए । धान उत्पादन बढदै गएपनि उत्पादन हुने क्षेत्रमै कृषकले बाझो बनाउने क्रम बढेको उनको भनाई छ ।

यस वर्ष समयमै उचित वर्षा भएसँगै गत वर्षको तुलनमा हेर्दा यस वर्ष गुल्मीमा धान वालि उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । गुल्मीमा हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राबिधिक आचार्यले बताए ।

जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ । जस मध्ये ९ हजार ८ सय ७ठ क्षेत्रफलमा वर्खे धानि वालि रोपिदै आएको छ भने ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछी खेतीयोग्य जमिन बाझो हुनेक्रम पनि वढ्दै जान थालेको छ । जिल्लामा सबैजसो ठाउमा सिचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ