Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा दोस्रो चरणमा १८ हजार बढिलाई कोरोनाविरुद्धकोे खोप दिइने - Gulminews

गुल्मीमा दोस्रो चरणमा १८ हजार बढिलाई कोरोनाविरुद्धकोे खोप दिइने

अनिल खत्री
२१ फागुन, गुल्मी । गुल्मीमा दोस्रो चरणमा लगाइने कोरोनाविरुद्धको खोपको तयारी पुरा भएको छ । फागुन २३ गतेदेखि ६५ वर्षका माथीका व्यक्तिहरुलाई दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउनको निम्ति स्थानिय तहमा गरिएको सम्पूर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डाक्टर भवानी शर्माले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले तयारी बारे शुक्रवार एक कार्यक्रम गरेर सार्बजनिक गरेको हो । खोप लगाउन आबश्यक भ्याक्सीन सम्बन्धीत स्थानीय तहमा पठाउन सुरु गरिएको जिल्ला स्वस्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये दुइचरणका कोरोनाविरुद्धको खोप लगाइने भएको छ । जिल्लामा माग अनुसार खोप नआइसकेकाले तत्काल जिल्लाका सत्यवती, कालिगण्डकी, चन्द्रकोट, मुसिकोट, इस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकामा खोप लगाइने भएको छ ।

दोस्रो चरणको अभियान १० दिनसम्म चल्नेछ । जिल्लाका १२ वटा स्थानीय तहका ९३ वटा वडामा रहेका स्वास्थ्य चौकीबाट खोप प्रदान गरिने डाक्टर भवानी शर्माले बताए । यस अघि गुल्मी अस्पतालबाट मात्रै प्रहन गरिएको थियो । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने ६५ वर्षका माथीका १८ हजार ८८३ जना रहेका छन् । त्यसमध्ये हाल ११ हजार ८५० डोज कोरोनाविरुद्धको आएको जिल्ला स्वस्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

दुइचरण मध्य दोस्रो चरणमा रुरुक्षेत्र, छत्रकोट, गुल्मी दरवार र रेसुङ्गा नगरमा लगाइने भएको छ । यो अभियानमा आबश्यक बाहेक यसअधि छुटेकाहरुलाई पनि लगाइने भएको छ । खोप लगाइसकेपछि कुनै पनि नकरात्मक असरहरु नभएकाले ढुक्क भएर खोप लगाउन डाक्टर शर्माले आग्रह गरे । यस अघि जिल्लामा कोरोनाविरुद्धको खोपका लागिस्वास्थ्य कर्मीहरु, जनप्रतिनिधी, निजामति कर्मचारी, जनपथ प्रहरी, सुरक्षा निकायसँग सम्बन्धीत व्यक्ति र पत्रकारहरुलाई लगाएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D