gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा दोब्बरभन्दा बढी भाडा असुल्दै यातायात व्यवसायी, प्रशासनको अनुगमन शून्य

हुमाकान्त पोखरेल
गुल्मी, ०५ साउन । इस्मा गाउँपालिका –६ अमरपुरबाट सदरमुकाम तम्घाससम्म जिपमा आएकी पार्वती कुमालले २५० रुपैँया भाडा बुझाइन् । सामान्य अवस्थामा तम्घासदेखि अम्मरपुरसम्मको जीपमा भाडा ७० रुपैँया मात्र बुझाउथिन् । तर लकडाउनको बाहानामा यातायात व्यवसायीको मनमरीको कारण आफुले बढी भाडा बुझाउन बाध्य भएको उनी सुनाउछिन् । ‘पहिले ७० रुपैँया बुझाउने भाडा अहिले २५० पुगेको छ ।’ पार्वता भन्छिन्, ‘तम्घास जाँदा–आउँदा नै पाँच सयभन्दा बढी हुनेभयो ।’ तम्घासदेखि अम्मरपुरसम्म पक्की सडक २१ किलोमिटर छ । नियमअनुसार उक्त दुरीको जीप भाडा ७५ हुनुपर्ने हो । अहिले सरकारले २८ प्रतिशत भाडा बृद्धि गर्दा पनि ९६ रुपैँयामा पुगिने ठाउँमा अहिले व्यवसायीले यात्रुसँगबाट चर्को मुल्य असुलिरहेका छन् । पार्वताले यो भाडादर अलि कम गराए आफुहरुलाई सहज हुने बताइन् ।

पालुखाबाट सदरमुकाम तम्घाससम्म आएकी ६९ बर्षिय पुतली नेपालीले बसमा नै एकसय रुपैँया भाडा तिर्नुपरेको बताइन् । यसभन्दा पहिले ५० रुपैँयामा तम्घास आएकी उनले लकडाउनको बाहानामा भाडा बढाएको गुनासो गरिन् । ‘बसको सिटमा बस्न नि पाइएन, भाडा पनि बढी लिए ।’ पुतलाले भनिन्, ‘भाडा धेरै भयो भन्दा उनीहरु आफै झगडा गर्न खोजे ।’

भाडा नभएर पैदल यात्रा

इस्मा गाउँपालिका –२ ताल्तुङकी ६२ बर्षकी हिरा नेपाली सदरमुकाम तम्घाससम्म पैदल यात्रा गरिन् । उनको घर अगाडीबाट गुड्ने गाडीमा चढ्न उनलाई पनि मन थियो । तर व्यवसायीले बढी भाडा लिने र आफुसँग उक्त रकम नभएकोले तम्घाससम्म पैदल यात्रा गर्न बाध्य भएको उनी बताउछिन् । ‘सामाजिक सुरक्षा भत्ता लिन आएकी हुँ, आउँदा जाँदा नै छ सय खर्च हुनेभयो ।’ उनले भनिन्, ‘गाडी चढ्ने पैसा नभएर हिन्दै आँए ।’ यदि भाडादर सस्सो बनाए आफु गाडीमा चढ्ने उनले बताइन् ।

अहिले जिल्लाका सबैजसो ठाउँबाट चल्ने सवारीले मनपरी भाडा उठाएका छन् । गाउँ–गाउँमा सिमित सवारी चल्नु, प्रशासन र पालिकाको फितलो अनुगमन, यात्रुको आवश्यकता लगायतका कारणले गर्दा यात्रुहरुले बढी भाडा तिर्न बाध्य भएका हुन् । मदाने गाउँपालिका –३ सिर्सेनीका एक व्यक्तिले तम्घाससम्म आउँदा पाचँ सय रुपैँया तिनुपरेको बताए । यसभन्दा पहिले ३२० भएको र अहिले २८ प्रतिशत बृद्धि हुँदा ४०९ रुपैँया हुने भएपनि व्यवसायीको मनपरीका कारण बढी भाडा तिर्नुपरेको उनले गुनासो गरे । ‘नाम बताए फेरी गाडी चढ्न अप्ठ्यारो पर्छ ।’ उनले भने, ‘प्रशासनले विकल्प दिए अनियमितताको बारेमा खुलेरै बोल्ने थिए ।’

यात्रुले रसिद माग्नुप¥यो

गुल्मी यातायात व्यवसायी संघका कार्यालय प्रमुख डोल बहादुर कुँवरले बढी भाडा लिने व्यवसायीहरुलाई कारावही गर्नुपर्ने बताए । आफु गाडी चढेपछि त्यसको रसिद स्वयम् यात्रुले लिने गरेमा पनि बढी भाडा तिर्नुनपर्ने उनले बताए । ‘यात्रु आफै जागरुक हुनुपर्‍यो, आपसी समझदारीमा गए हामीले केही गर्न सकिदैँन ।’ कुँवरले भने, ‘सरकारले तोकेको दरभन्दा बढी भाडा लिए प्रशासनले कारवाही गर्नुपर्छ ।’ जिल्ला प्रशासन कार्यालयले रातो प्लेटका गाडीलाई मनपरी ढङ्गले सवारी पास उपलब्ध गराएका कारण पनि समस्या थपिएको उनको बुझाई छ । त्यसका साथै उनले जिल्लामा लागु भएको जोर बिजोर प्रणाली वैज्ञानिक नभएको पनि उनले बताए ।

फितलो अनुगमन

गुल्मीमा यातायात व्यवसायीको मात्र होइन, कोरोना बिरुद्धको खोप, बजारमा मुल्य बृद्धि लगायतका बिषयमा पनि प्रशासन मौन बसेको छ । जसको परिणामस्वरुप नागरिक ठगिदैँ आएका छन् । बजारमा बस्तुको मुल्य बृद्धि सम्बन्धमा प्रशासन र पालिकाको अनुगमन न्यून छ । त्यसको परिणामस्वरुप अहिले दैनिक उपभोग्य सामग्रीको मुल्य आकाशिएको छ । दैनिक उपभोग्य सामग्रीको मात्र होइन, कोरोना बिरुद्धको खोपमा पनि मनपरी भएको छ । लक्षित वर्गको लागि सरकारले पठाएको खोप जिल्लास्थित ठुला व्यवसायी, तिनका श्रीमती र परिवार, दलका नेता र तिनका परिवार, उच्च पदस्थ कर्मचारी र तिनका परिवार लगायतले लगाएको नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेले बताए । ‘लक्षित वर्गले खोप पाएका छैनन्, तर ठुलाबडा कोही खोप लगाउन बाँकी रहेनन् ।’ उनले भने, ‘जनस्वास्थ्य र प्रशासनले मनपरी गरेको छ ।’ गाडी भाडाको सन्दर्भमा रातो प्लेटलाई पास उपलब्ध गराएर नै प्रशासनले बाटो बिराएको उनले आरोप लगाए ।

अब सुधार हुन्छ: प्रशासन

लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय, गुल्मीले तम्घासका केही पसल अनुगमन गरेको थियो । त्यसपछि असार र साउनको हालसम्म एकपट पनि अनुगमन गर्न नसकिएको प्रशासन कार्यालयका सुचना अधिकारी उद्धव पन्थीले बताए । प्रशासनको आन्तरिक कामले गर्दा अनुगमन जान नपाएको र अब अनुगमन गर्ने कामलाई निरन्तरता दिने पन्थीले बताए । सरकारले तोकेको भाडादरभन्दा कोही कसैले बढी भाडा लिएको उजुरी प्रशासनमा दिए त्यसलाई आफुहरुले कारवाही गर्ने उनले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D