gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध, जुवातास खेल्न र खेलाउन पनि निषेध

रमेश विश्वकर्मा
गुल्मी, कार्तिक २७ । तिहारको अवसरमा गुल्मीमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो । प्रमुख जिल्ला अधिकारी अधिकारी भरत कुमार शर्माद्वारा जारी सूचनामा पटका, आतसबाजीलगायत विस्फोटक पदार्थको प्रयोग तथा जुवातास खेल्ने र खेलाउने कार्यमा समेत निषेध गरिएको उल्लेख छ ।

जिल्लामा कोभिड–१९ को संक्रमणको दर बढिरहेको सन्दर्भमा चाडपर्व मनाउँदा जो जहाँ छ, त्यही मनाउनका लागि आग्रह गरिएको छ । चाडपर्वको समयमा मानिसहरुको आवतजावत र चहलपहल बढ्न जाँदा संक्रमण झनै फैलन सक्ने भएकाले तिहारको समयमा समूहमा खेलिने देउसी भैलो जस्ता नाचगान नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ ।यसैगरी मेला महोत्सव, जात्रा, खेलकुद र धार्मिक कार्यक्रममा समेत भिडभाड र जमघट र मदिराको बेचविखन र सेवन नगर्नसमेत सूचनामा उल्लेख गरिएको छ ।

घरपरिवारका सदस्यहरुसँग बसी, जो जहाँ छ त्यही रही चाडपर्व मनाउन प्रजिअ शर्माले सबैलाई आग्रह गरेका छन् । उनले भने ‘घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्नुहोस् । भौतिक दुरी कायम गर्नुहोस् । नियमित साबुन पानी र स्यानीटाइजरले हात धुन, व्यक्तिगत सरसफाईमा ध्यान दिनुहोस ।’ सार्वजनिक निकाय तथा निजी संघ संस्थाबाट सेवा प्रदान गर्दा र सेवा प्राप्त गर्दा, पेशा, पसल व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न, मठमन्दिर, गुम्बा, चर्च, मस्जिद, गुरुद्बारा लगायतका धार्मिक र सांस्कृतिक महत्वका स्थानहरुमा हुने नित्य पूजा र आराधना बाहेक समूहमा गरिने भजन, किर्तन लगायतका गतिविधी नगर्न पजि प्रजिअ शर्माले आग्रह गरे ।

मादकपदार्थको सेवन गरि होहल्ला गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने खालका गतिविधि नगर्ने र नगराउन, आतिसबाजी, पटका, झिरझरे, भुइचप्पा लगायतका विष्फोटकजन्य पदार्थहरुको ओसार–पसार, विक्री –वितरण एवं प्रयोग नगर्न र नगराउन, दियो, मैनबत्ती, पाला एवं विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी जस्ता विपद्का घटनाहरु हुन नदिन सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
जुवातास नखेल्न र नखेलाउन, आफ्नो टोल छिमेकमा कहि कतै जुवातास नखेल्न यदि त्यसो भएको पाइमा तत्कालै नजिकैको स्थानीय प्रहरी कार्यालय र चौकीलाई जानकारी गराउन आग्रह गरिएको छ । विद्यालय सिकाइ सहजीकरण निर्देशिका (२०७७ बमोजिम वैकल्पिक सिकाइका माध्यमबाट विद्यालयहरु सञ्चालन गर्न, सार्वजनिक यातायात सञ्चालन गर्दा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गरेर सिट क्षमता भन्दा बढी यात्रु नरहने गरी मात्र सञ्चालन गर्न, कोभिड–१९ संक्रमणको कुनै लक्षण देखिएमा नजिकको अस्पताल र स्वास्थ्य चौकीमा सम्पर्क गरी स्वास्थ्यकर्मीको सल्लाहबमोजिम गर्न समेत आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सूचनाको अवज्ञा गर्ने र गराउने जोसुकैलाई संक्रामक रोग ऐन ( २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने प्रजिअ शर्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D