गुल्मीमा दुर्घटनामा मृत्यु भएका पान्डेय परिवारलाई बिमा दाबीको रकम भुक्तानी

टोपलाल अर्याल
गुल्मी, १३ माघ । एनएमबी बैंक लिमिटेड तम्घास शाखाले दुर्घटना मृत्यु दाबी बापत १ लाख ३३ हजार १४० रुपैयाँ रकम भुक्तानी गरेको छ । दुर्घटनामा मृत्यु भएका अर्घाखाँची छत्रदेब गाउँपालिका ७ का हरि प्रसाद पान्डेयको परिवारलाई रकम हस्तान्तरण गरेको हो ।

पान्डेयको तम्घास बुटवल सडक खण्ड अन्तरगत गुल्मी दरवार गाउँपालिकाको गैंडाकोटमा भएको दुर्घटनामा मृत्यु भएको थियो । बैंकका ५ नं प्रदेश म्यानेजर दिबिर बिक्रम शाह र शाखा प्रमुख प्रबिन अधिकारीले मृतक पान्डेयकी श्रीमती रोमा पान्डेलाई दुर्घटना बिमा बापतको रकम भुक्तानी गरेका थिए ।

मृतकले एनएमबि बैंकमा तलब खाता सन्चालन गरे बापत सो रकम बैंकले रकम उपलब्ध गराएको हो । बैंकमा कर्मचारी हरुको लागि निशुल्क तलब खाता संचालन गर्न सकिने र सो खाता संचालन गरे बापत बैंकले ७ लाख सम्मको नि शुल्क दुर्घटना बिमा गरि दिने बैंकका तम्घास शाखा प्रबन्धक प्रबिन अधिकारीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ