gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा “दिदी समुह”ले दियो “बहिनी समुह”लाई बाख्रा उपहार

हुमाकान्त पोखरेल
गुल्मी, साउन ७ । मालिका गाउँपालिका ४ अर्खाबाङ्गका महिलाहरुलाई बाख्रा प्रदान गरिएको छ । गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारीमा एकीकृत ग्रामीण विकास समाजद्धारा संचालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजनाले बाख्रा वितरण गरेको हो ।

परियोजना अन्तरगतको दिदी समुह ‘मुलाबारी महिला समुह’ले बहिनी समुह ‘प्रगतिशिल महिला समुह’लाई बिहीबार बाख्रा उपाहारस्वरुप प्रदान गरेको छ । दिदी समुहका १० महिलाले बहिनी समुहका १० जनालाई बाख्रा उपाहार प्रदान गरेको परियोजनाका मालिका गाउँपालिका संयोजक जगत रानाले जानकारी दिए । बिहीबार बाख्रा हस्तान्तरण गरेका महिलाले गत बर्षको असौजमा बाख्रा उपाहार प्राप्त गरेका थिए । भने आज प्राप्त गरेका महिलाले कम्तिमा १५ महिनाभित्र अर्को समुहलाई बाख्रा उपाहार प्रदान गर्ने रानाले बताए ।

महिला शसक्तिकरणको लागि संचालन गरिएको परियोजना मालिकाका वडा नम्बर ४, ५, ७ र ८ मा लागु गरिएको छ । चारवटा वडाका कुल दुई हजार १२२ घरधुरी आवद्ध छन् । कार्यक्रम मुलाबारी महिला समुहकी अध्यक्ष खुमकुमारी घर्तीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यता, सदस्य सीता हितानको स्वागत मन्तव्य तथा सचिव उषा अर्यालको संचालनमा सम्पन्न भएको हो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D