gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा दसैंका यात्रुसंग मनपरी भाडा असुल्ने जीप चालक पक्राउ, केहि दिन जीप चलाउन रोक

प्रेम सुनार
गुल्मी, असौज २६ । गुल्मीको कालीगण्डकी, चन्द्रकोट र सत्यवती गाउँपालिका हुँदै बुटवलतर्फ जीप चलाउने एक जना चालकमाथि मनलाग्दी भाडा असुल्ने आरोप लागेको छ ।

यात्रुहरुले मनलाग्दी भाडा असुल्ने गुनासो गरेपछि गुल्मी प्रहरीले ति चालकलाई नियन्त्रणमा लिएको छ । दसैं नलाग्नु अघिसम्म बुटुवलदेखि शान्तिपुरसम्म ६ सय ४० रुपैयाँ भाडा लिने गरिएकोमा दसैं भित्रिए लगत्तै लु १ ज १७३३ नम्वरका जिप चालक विजय रानाले प्रति ब्यक्ति एक हजार भाडा लिएर आफूहरुलाई ठगेको उजुरी चन्द्रकोट प्रहरी चौकीमा परेको थियो ।

सत्यवती गाउँपालिकाका–७ जुनियाँकी यात्रु झरना शाही खत्री लगायतका यात्रुहरुले उजुरी गरे लगत्तै उक्त जिप चालकलाई नियन्त्रणमा लिएर केहि दिनका लागि जीप चलाउन रोक लगाइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

यात्रु शाहीले भनिन्, “अस्ति म सहित ८ जनालाई बुटवलबाट ति ड्राईभरले भाडाको टुङ्गो नगरी त्यहाँबाट चढाए, यता झर्ने बेलामा हामी आठै जनाबाट एक-एक हजार रुपैँयाका दरले जबरजस्ती भाडा असुले, हामीले किन यति धेरै भनेर भन्दा उनले जथाभावी मुख छाडेर हाम्रो अपमान गरे ।”

यस सम्वन्धमा शान्तिपुर प्रहरी चौकी ईन्चार्ज असई मिनबहादुर आलेले निजलाई खोज तलास गरी प्रहरी चौकीमा ल्याइएको र जिप प्रहरीकै नियन्त्रणमा राखिएको बताउँदै भने, “उजुरीकर्ताको माग अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी प्रमुखको निर्देशन आएको छ ।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D