gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा दलित र गैरदलित मिलेर सामूहिक रक्षाबन्धन

अनिल खत्री
१९ साउनु, गुल्मी । गुल्मीमा पहिलो पटक दलित र गैरदलित मिलेर सामूहिक रक्षाबन्धन गरिएको छ । विश्व हिन्दु महासंघ तथा दलित साझा मञ्च गुल्मीको आयोजनामा हिन्दु धर्मको संरक्षण र सामाजिक सद्भावका लागि जिल्ला सदरमुकाम तम्घासमा सामुहिक रक्षा बन्धनको आयोजना गरेका हुन् । तम्घासमा बिभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागितामा औपचारिक कार्यक्रम गरेर सामूहिक रक्षा बन्धन डोरो बाध्ने काम गरिएको थियो ।

जनैपूर्णमा रक्षा बन्धनको अबसरमा सबै जातजाती, समुदायबीच सामाजिक सद्भावका लागी सामूहिक रक्षा बन्धनको आयोजना गरिएको दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले बताए । सामाजिक त्रुटिका रुपमा रहेको जातीय विभेद्को अन्त्यका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिएको विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

सामूहिक रक्षाबन्धन ब्रह्माण पण्डितहरुद्वारा सामुहिक डोरो बाँध्ने कार्यक्रम आयोजना गरिएको थियो । दलित र गैरदलित समुदायसँगै सामूहिक रक्षाबन्धन कार्यक्रममा पण्डित भीमकान्त पन्थीद्वारा पहिलो पटक रेसुङ्गा नगरपालिका निवासी ८३ वर्षकी जानकी विश्वकर्मा, ८० वर्षीय सुर्यबहादुर नेपाली र ७० वर्षीय दधिराम परियारलाई डोरो बाँधेर कार्यक्रम सुरुवात गरिएको थियो ।

कार्यक्रममा युवा पण्डीत भिमकान्त पन्थीले सामुहिक रुपमा सबैलाई डोरो बाधने काम गरेका थिए । उनले सामुहिक रुपमा बाधिएको डोरोले सबै जातिलाई एकै ठाउँमा बाधने काम गरेको बताए ।

कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद कमलराज श्रेष्ठ, जिल्ला स्थित राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहित सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरुको सहभागित रहेको थियो । कार्यक्रममा सहभागिहरुले दलित र गैर दलित बिच भएको दुरी र बिकृति बिसंगतिलाई अत्यका लागि सामुहिक रक्षा बन्धन राखिएको प्रति आयोजकलाई धन्यवाद दिएका थिए ।

नेपालमा कानूनतःजातीय विभेदको अन्त्य भइसक्यो । तर पनि विभेदकारी प्रचलनका अवशेषहरु व्यवहारिक रुपमा अन्त्य भइरहेका छैनन् ।सार्वजनिक सरोकारका क्षेत्रका रुपमा रहेका विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यहरुमा समानता कायम हुन सकीरहेको छैन् ।

श्रावण शुक्ल पूर्णिमाको दिनलाई ऋषितर्पणी अर्थात् जनैपूर्णिमा भनिन्छ । यस दिन श्रावणी स्नान, तर्पण, सप्तर्षिपूजन, यज्ञोवीत अर्थात् जनैको पूजा, रक्षाबन्धन पूजन एवं धारण गर्ने शास्त्रीय विधि विधान रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D