gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा थप ४६ जनामा कोरोना संक्रमण

अनिल खत्री
४ असार, गुल्मी । गुल्मीमा आठ महिनाको बच्चा सहित थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थपिएका संक्रमितमध्ये चन्द्रकोट गाउँपालिकामा १७ जना, छत्रकोट गाउँपालिकामा २४ जना, रेसुङ्गा नगरपालिकामा १ जना र सत्यवति गाउँपालिकामा १ जना गुल्मी दरवार गाउँपालिकामा २ जना, रुरुक्षेत्र गाउँपालिकामा १ जना गरि ४६ जना संक्रमित थपिएका हुन् ।

थपिएका संक्रमितमध्ये चन्द्रकोट गाउँपालिकाको वडा नम्बर –१ मा २५ वर्षका, २२ वर्षका, २० वर्षका पुरुष, वडा नम्बर–२ मा २८ वर्षका, ३७ वर्षका, ४१ वर्षका, २९ वर्षका, १९ वर्षका, ३६ वर्षका, ५० वर्षका, ३७ वर्षका, ५० वर्षका पुरुष र ६ वर्षकी बालिका रहेकी छन् । त्यस्तै वडा नम्बर–७ मा २८ वर्षका, ३५ वर्षका, ३० वर्षका पुरुष रहेको चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले बताए ।

त्यस्तै छत्रकोट गाउँपालिकामा वडा नम्बर–१ मा ५५ वर्षकी महिला र ४४ पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–२ मा ३३ वर्षका र २२ वर्षका पुरुष, वडा नम्बर–४ मा ५१ वर्षका, ५१ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै वडा नम्बर–५ मा १६ वर्षकी, २८ वर्षकी, ४० वर्षकी, ४५ वर्षकी, ५ वर्षकी, ११ वर्षकी १४ वर्षकी महिला रहेका छन् । भने २८ वर्षका, २८ वर्षका, १९ वर्षका, ३० वर्षका, ५४ वर्षका, ३९ वर्षका, १३ वर्षका, २१ वर्षका २३ वर्षका पुरुष रहेका छन् ।

वडा नम्बर–६ मा ३० र ३२ वर्षका पुरुष रहेको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए । रेसुङ्गा नगरपालिकाको वडा नम्बर–१४ का ३२ वर्षका पुरुष रहेको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

थपिएका संक्रमितमध्ये गुल्मीदरबार गाउँपालिकामा पनि २ जना, रुरुक्षेत्र गाउँपालिकामा १ जना र सत्यवति गाउँपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

थपिएका संगै जिल्लामा संक्रमितको संख्या १०५ जना पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म पिसिआर परिक्षण्को लागि ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४८ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D