अनिल खत्री
१३ असार, गुल्मी । गुल्मीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको धुर्कोट गाउँपालिकामा ९ जना, छत्रकोट गाउँपालिकामा ८ जना, रेसुङ्गा नगरपालिकामा १ जना र ३ जना ठेगाना नखुलेका गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।
थपिएका संक्रमित अनुसार जिल्लामा २७८ जना पुगेका छन् । संक्रमित कुल ३२ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।
जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५७२ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।