gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीमा थप १ जना कोरोना संक्रमित

अनिल खत्री
१९ जेठ, गुल्मी । गुल्मीमा एक जना कोरोना संक्रमित पुष्टी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० सिमीचौर का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पुष्टी भएको हो ।

गत जेठ १० गते भारतबाट आएका ति व्यक्ति जिल्ला सदरमुकाम तम्घासमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेको बेला उच्च ज्वारो आएपछि जेठ १६ गते स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो ।

संकलित स्वाबमा कोरोना भाइरस पोजिटिभ आएको रेसुङ्गा नगरपालिका स्वास्थ्य संयोजक बोम आर्यलले बताए । संक्रमित व्यक्तिको जिल्ला सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा राखेर उपचार भइरहेको र पहिले ज्वरो आएको भए पनि अहिले चाहीं स्वास्थ्य अबस्था सामान्य रहेको अर्यालले बताए ।

सोमबार नै जिल्लामा कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना दाङ्गको तुल्सीपुर नगरपालिका घर भएका ३१ वर्षिय ओबिकिरण डाँगी संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उनलाई कोरोना संक्रमणबाट मृत्यु भएका जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षिय शिक्षकको कन्ट्रयाक्ट टे«सिङ्ग क्रममा भएको पिसिआर परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

जिल्लामा हालसम्म अरु २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जिल्लाको धुर्कोट गाउँपालिका प्रमुख र अर्का भारतबाट आएका १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D