अनिल खत्री
२ असार, गुल्मी । मंलवार गुल्मीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थपिएका संक्रमितमध्ये इस्मा गाउँपालिकामा ९ जना, मालिका गाउँपालिकामा २ जना र गुल्मी दरवार गाउँपालिका ४ जना र रेसुङ्गा नगरपालिकाका १ जना थप भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
थपिएका संक्रमितमध्ये इस्मा गाउँपालिकाका ४० वर्षका, १८ वर्षका, २७ वर्षका, २१ वर्षका, २३ वर्षका, १ वर्षका, २५ वर्षका, ३४ वर्षका र ३० वर्षका रहेको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताइन् । त्यस्तै मालिका गाउँपालिकाको वडानम्बर–५ का १९ वर्षका र २२ वर्षका पुरुष रहेका गाउँपालिकाका प्रबत्ता शोभाखर गिरीले बताए । गुल्मीदरवार गाउँपालिकामा वडा नम्बर –२ का ३० वर्षका र ३६ वर्षका र वडा नम्बर–३ का ३८ वर्षका र २१ वर्षका पुरुष रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए । त्यस्तै रेसुङ्गा नगरपालिकामा वडा नम्बर–१० का २० वर्षका रहेको स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवाहरुको लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टी भएको हो । इस्मा गाउँपालिकामा एउटै क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।
थपिएका संगै जिल्लामा संक्रमितको संख्या ४८ जना पुगेको छ । जिल्लामा थपिएका संक्रमितहरु रुरुक्षेत्र गाउँपालिकामा ३ जना, सत्यवतिमा गाउँपालिकमा ४ जना, चन्द्रकोट गाउँपालिकामा २ जना, छत्रकोट गाउँपालिकामा १ जना रेसुङ्गा नगरपालिकामा ७ जना,गुल्मीदरवारमा ४ जना, इस्मा गाउँपालिकामा ९ जना, मालिका गाउँपालिकामा २ जना, धुर्कोट गाउँपालिकामा ३ जना, मदाने गाउँपालिकामा २ जना र मुसिकोट नगरपालिकामा ११ जना गरि ४८ जना पुगेका हुन् । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् ।
जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ ।