gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री
३२ जेठ, गुल्मी । गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा शनिवार थपिएका संक्रमितमध्ये रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर ५ का २८ र ३५ वर्षिय पुरुष रहेका छन् भने अन्य गाउँपालिकाका ८ जनाको आइतबार पुस्टि भएको हो।

त्यस्तै रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ का २३ वर्षिय र अर्का कञ्चनपुर घर भइ गाडी चालक ३२ वर्षिय पुरुष रहेको नगरपालिका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । त्यस्तै छत्रकोट गाउँपालिका वडा नम्बर–३ का ३८ वर्षिय पूरुष, धुर्कोट गाउँपालिका वडा –६ की २० वर्षकी महिला रहेकी छन् ।

त्यस्तै सत्यवत्ति गाउँपालिकामा ४ जना कोरोना संक्रमित पुष्टी भएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । संक्रमित हुनेहरुमा वडा नम्बर–१ का २१ वर्षिय र ३४ वर्षिय पुरुष, वडा नम्बर–६ का २९ वर्षिय पुरुष वडा नम्बर–७ का ३६ वर्षिय पुरुष रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । भारतबाट आएर क्वरेन्टाइनमा बसेकाहरुमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमितहरुको अबस्था सामान्य रहेको भण्डारीले बताए । थपिएका संगै जिल्लामा संक्रमितको संख्या १५ जना पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । यसअधि जिल्लामा कोरोनाबाट ५ जना संक्रमित भएका थिए ।

संक्रमित मध्ये मदाने गाउँपालिकाका २ जना, धुर्कोट गाउँपालिकाका २ र रेसुङ्गा नगरपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो । संक्रमितमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाको मदाने गाउँपालिकाका वडा नम्बर–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको रुपन्देहीको क्रिमशसन अस्पतालमा उपचारको क्रममा र धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पूरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D