गुल्मीमा थप एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

माधब ज्ञवाली
गुल्मी, जेठ २६ । गुल्मी जिल्लामा आज थप एकजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको रुरुक्षेत्र गाउपालिका स्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा रहेका एकजना २५ बर्षिया पुरुषमा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज गरिएको पिसिआर परिक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको रुरुक्षेत्र गाउपालिका उपाध्यक्ष लक्ष्मी पन्थले जानकारी दिनुभयो । सङ्क्रमित ती ब्यक्ती गत जेठ १६ गते छिमेकी राष्ट्र भारतबाट आएका थिए । भारतबाट आएदेखी नै उनलाई क्वारेन्टाइनमा राखिएको जानकारी उपाध्याय पन्थले दिनुभएको छ । तीन दिन अघि उनलाई उच्च ज्वोरो देखिएपछि प्रभावस पाल्पामा उपचारको लागि लगिएको थियो, अहिले उनको त्यहीँ उपचार भइरहेको छ।

उनीसँग भारतबाट सँगै आएका आठजनाको पिसिआर परिक्षणको लागि स्वाब सङ्कलन गरि भोली पठाइने जानकारी पनि उहाले दिनुभएको छ । आज भेटिएका सङ्क्रमितको अवस्था सामान्य रहेको जानकारी उहाँले दिनुभयो । यस अघी संक्रमित मध्य १ जनाको मृत्‍यु भएको छ भने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल सहित २ जनाले निको भएर घर फर्केका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D