gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा डामेर र बुहारी हत्या गर्नेलार्ई जैन्मकैद

टोपलाल अर्याल
गुल्मी, २९ असार । जिल्लाका चर्चित दुई घटनामा संलग्नलाई जन्म कैदको फैसला भएको छ । जिल्ला अदालत गुल्मीका अनुसार डामेर हत्या गर्ने श्रेष्ट दम्पतीलाई जनालाई जन्मकैद भएको हो । मालिका गाउँपालिका ६ का रामप्रसाद श्रेष्ट र श्रीमती शान्तिला श्रेष्टलाई जिल्ला न्यायधिश राधाकृष्ण उप्रेतीले जन्मकैद अर्थात २५ बर्षको कैद सजायँ सुनाएका हुन् ।

झारफुकको नाममा डामेर हत्या गरिएको इस्मा गाउँपालिका ३ का राम बहादुर मुखिया ।

श्रेष्ट दम्पतीले ०७७ साल पुस २८ गते रेसुंगा नगरपालिका १ को उदिनढुंगामा बिमार सञ्चो गराउने बहानामा विभिन्न धातुहरुलाई आगोमा तताएर डामेपछि इस्मा गाउँपालिका ३ का ६४ बर्षीय राम बहादुर मुखियाको मृत्यु भएको थियो । घटनामा राम बहादुरका छोरा ३४ बर्षीय हुम बहादुर मुखिया, २७ बर्षीय कृष्ण मुखिया र रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई घाइते भएकी थिइन् ।

त्यस्तै जिल्ला अदालत गुल्मीले रेसुंगा नगरपालिका ३ भाडगाउँकी २१ बर्षीया सम्झना बोहोरालाई हत्या गरेर बोरामा फाल्ने ४७ बर्षीय लाल बहादुर खत्रीलाई पनि जन्मकैदको फैसला गरेको छ । न्यायधिश राधाकृष्ण उप्रेतीले जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको अभियोग माग दाबी बमोजिम जन्दकैद फैसला गरेको अदालतका सूचना अधिकारी तथा श्रेष्तेदार भिमप्रसाल भुसालले जानकारी दिए ।

सम्झना २९ माघ ०७७ देखि परिवारको सम्पर्कमा थिइनन् । उनी हराएको दुई दिनपछि सासु टोमकला खत्रीले आत्महत्या गरिन् । परिवारले बेपत्ता बुहारीको खोजी र माइतीले मानसिक तनाव दिएर सासुले आत्हत्या गरेको भन्दै प्रहरीमा दुरुत्साहनको मुद्धा दर्ता गरे ।

प्रहरी प्रशासन घेराउ र नाराबाजी भए । प्रहरी प्रमुखको सरुवा भयो । अनौठो कुरा त आन्दोलनको नेतृत्व अभियुक्त खत्रीले गरेका थिए । अन्तत बेपत्ता भएको १९ दिनपछि बोहोराको शव घर नजिकको झाडीमा फेला प¥यो । खत्रीका शंकास्पद थुप्रै गतिविधी, गाउँमा गरेको पुराना काण्ड, कल डिटियल्स र स्थानीयको सूचनाका आधारमा प्रहरीले खत्रीलाई शब फेला पर्ने बित्तिकै पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

इस्मा गाउँपालिका–१ का मोतीबहादुर कुँवरको हत्यामा संलग्न दुई १७ बर्षीय बालकलाई १६ बर्ष आठ महिना कैद र १५ बर्षीय बालकलाई नौ बर्ष चार महिना १५ दिन कैद सजायँ भएको छ । भने सुशिल कुमाललाई १० महिना कैद सजायँ फैसला भएको श्रेष्तेदार भुसालले बताए । उनीहरुले ०७७ भदौ २१ गते आफ्नै पसलमा कुवंरको विभत्स हत्या गरेका थिए । करिव नौ महिनापछि प्रहरीले हत्यामा संलग्न भएका आरोपमा तीन जनालाई पक्राउ गरेर अदालत पेश गरेको थियो ।
रेसुङ्गा नगरपालिका–१४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकलाई बन्दुकले हत्या गर्ने पोम बहादुर घर्ति मगरलाई साढे १० बर्ष कैद र एक लाख पाँच हजार जरिवानाको फैसला भएको छ । घर्तिले मृग हान्ने क्रममा ०७७ माघ ३ गते विकलाई गोली हानेका थिए । हत्यामा संलग्न घर्तिलाई लामो समयपछि प्रहरीले फेला पारेर अनुसन्धानपछि अदालत पेश गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D