gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

अनिल खत्री
१२ पुस, गुल्मी । गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– १३ भगारि बस्ने २६ वर्षको को टोप बहादुर रजालि र २३ वर्षको बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।

बुटवलबाट खाद्ययन्न बोकेर तम्घास तर्फ आउदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी स्थित मसिने खोलामा राती करिव २ ः ३० बजो ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए । प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोष्ट मार्टकको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D