gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा टाइफाइड विरुद्धको खोप दिन सुरु

अनिल खत्री
२५ चैत, गुल्मी । गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु भएको हो । खोपको एक कार्यक्रमका बिच तम्घास स्थित अर्जुन आवासीय माध्यमिक बिद्यालय खोप केन्द्रमा जिल्ला समन्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सीन क्यारियर दिएर शुभाम्भ गरेका हुन् ।

खोपको शुभारम्भ गर्दै पराजुलीले सबै लक्षीत समुह नछुटाउन आग्रह गरे । खोपको प्रभावकारीता धेरै रहेकाले अनिवार्य आफ्ना छोरा छोरीलाई सम्बन्धी खोप केन्द्रमा लगेरखोप लगाउन पराजुलीले सबैलाई आग्रह गरे ।

जिल्लामा करिव ६८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका खोप फोकल पर्सन बोम आर्यालले बताए । टाइफाइड विरुद्धको खोप देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइड विरुद्धको खोप लगाउनु भएको अर्यालले बताउनु भयो । नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको तथ्याङ्क पाइएको छ । विगत ३ वर्षको तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको छ ।

अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो कारण यहि रोग रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताउनु भयो । यो शुरुमा १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरूलाई अभियानको रुपमा एक मात्रा खोप दिइने भएको छ ।

त्यसपछि नियमित खोप मार्पmत १५ महिनाको उमेरमा एक सवै वालबालिकाहरु लाई १ मात्रा खोप निरन्तर उपलब्ध गराउने भएको छ । हाल नेपालमा प्रयोग गरिने खोप M Typhoid  Conjugate Vaccine (TCV) “TYPHIBEV” यो खोप भारतको Biological E. Limited बाट उत्पादन भएको हो ।

यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित (WHO prequalified) खोप हो । यो खोपको प्रभावकारिता ९६.९५% सम्म रहेको अध्ययनले देखाएको छ । यो खोप रङ्ग विहिन, सफा झोलको रुपमा ५ मात्राको भायलमा उपलब्ध हुन्छ ।

एउटा भायलमा २.५ मि.लि हुन्छ । यो खोप एक मात्रा ०.५ मि.लि. दिइन्छ । यो खोपको भायलमा भि.भि.एम. रहेको हुन्छ । खोपको मात्रा ः ०.५ मि.लि. खोप लगाउनु पर्ने पटक ः एक पटक रहेको छ । कोल्ड चेन व्यवस्थापन सवै तहमा ं२० से. देखि ं८० से. तापक्रम कायम राख्नु पर्ने हुन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D