टोपलाल अर्याल
गुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ रोटीको व्यापारले भ्याइ–नभ्याई छ । उनले १५ बर्षदेखि व्यावसायीक रुपमा होटल र झिनियाँको व्यापार गर्छिन् । अहिले झिनियाँले सुमित्राको घरको पेटी र छत राताम्य बनेको छ । भने राम्रो व्यापार भएपछि मनमा खुसी छाएको छ । होटलमा व्यस्त श्रेष्ठले बिहान–साँझको फुर्सदमा झिनियाँ बनाउँछिन् ।
दशै र तिहार राम्रो व्यापार हुने भएकाले झिनियाँबाट डेढ दुई लाख आम्दानी भइरहेको छ । सोहि ठाउँकी ४१ बर्षीया समिक्षा श्रेष्ठले पनि १७ बर्षदेखि झिनियाँ बिक्रीवितरण गर्दैै आएकी छन् । दशै तिहारमा मात्रै साढे तीनदेखि चार लाखको झिनियाँ बिक्री हुने समिक्षाले बताइन् । उनले हातलेनै बनाउने भएकाले धेरै परिमाणमा उत्पादन गर्न सकिदैन् । फागुन÷चैत देखि बनाएका झिनियाँ अहिले बिक्री भइरहेको बताइन् । उनले बजारको कुनै समस्यानै नभएकाले उत्पादन गर्न सके राम्रोनै आम्दानी हुने बताइन् । अहिले बजारमा होलसेल एक सय १० र फुटकर एक सय ६० मा झिनियाँ बिक्री भइरहेको छ । तम्घासमा १५÷२० घरले झिनियाँको व्यावसाय गर्दै आएका छन् ।
त्यस्तै मुसिकोट नगरपालिका ७ वामीकी ४३ बर्षीया बिष्णुमति श्रेष्ठले डेढ दशकदेखि झिनियाँ बनाउँछिन् । अहिले झिनियाँकै चटारोले बिष्णुमतिलाई निद्रा पर्दैन । उनलाई बिहान ४ बजेदेखिनै झिनियाँ उत्पादन र बिक्रीको चिन्ता छ । श्रेष्ठलाई दैनिक दुई सय झिनियाँ रोटी बनाउँदा पनि बजार थेग्न मुस्किल परेको छ । दशै र तिहार बाहेक बिबाह र ब्रर्तबन्धमा पनि झिनियाँ बिक्री हुने गरेको छ । बजारमा भन्दा उनको सस्तो पनि छ । त्यसैले विभिन्न जिल्लामा बिष्णुमायाका झिनियाँ पुग्ने गरेको छ । उनका अनुसार यो बर्ष १० लाखको झिनियाँ बिक्री भए ।
बिगतमा बर्षमा कोभिडले चाडपर्व रमाइलो नभएकाले बिक्री कम भयो । तर, अहिले झिनियाँको व्यापार राम्रो छ । उनको घरमा ८८ बर्षीया आमा चम्पा कुमारी श्रेष्ठ छन् । जसको देखासिकीबाट छोरी बिष्णुमतिले झिनियाँ बनाउन थालिन । जिल्लामा प्राय नेवार समुदायले झिनियाँ बनाउने भएकाले वामीमा पनि १२÷१५ जनाले व्यावसायीक रुपमा झिनियाँ उत्पादन तथा बिक्री गर्दै आएका छन् ।
त्यस्तै चन्द्रकोट ८ की ४५ बर्षीया बिना पुन पनि बिहानदेखि बेलुकासम्म झिनियाँकै काममा व्यस्त छन् । झिनियाँ लैजानेहरु बिहानै घरमा बोलाउन आउँछन् । बिनाले गाउँघरे चामलको पिठोबाट झिनियाँ बनाउने भएकाले माग धेरै छ । गाउँदेखि परदेशसम्म झिनियाँ लैजाने गरेको पुनले बताइन् । यो महिनामा मात्रै डेढ लाखका भिनियाँ बिके । बिनाकोमा अहिले काम गर्नेहरु पनि चार जना छन् । अरु बेला पनि दुई तीन जनाले रोजगारी पाउँछन् । बर्षमा करिव पाँच लाखको झिनियाँ बिक्री हुने भएपनि पुनको घर व्यावहार राम्रोसंग चलेको छ ।
श्रीमान चन्द्र बहादुर पुन नेपाल आर्मीबाट अवकास भएपछि परदेश पसे । केहि बर्षपछि गाउँमै आएर पनि सुरक्षा गार्डमा काम गरे । तर, बिनालाई घरखर्चको लागि श्रीमानको मुख कहिल्यै ताक्नु परेन । बनाएको दुई दिनमै झिनियाँ हुन्छ ।