gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीमा झण्डै १६ करोड फ्रिज, ३० करोड राजश्व संकलन

प्रेम सुनार

गुल्मी, साउन–२७ । गुल्मीमा गत आर्थिक वर्ष २०७४/०७५ मा चालु र पुँजिगत दुवै तर्फ प्रतिशत अघिल्लो आर्थिक वर्षमा भन्दा निकै राम्रो देखिएको छ । पुँजीगत तर्फ झण्डै ३ अर्ब कुल बजेट मध्ये निकास ९५.८७ प्रतिशत मध्ये ९३.६२ प्रतिशत खर्च भएको कोष तथा लेखा निरीक्षणको कार्यालय गुल्मीले जनाएको छ ।

त्यस कार्यालय प्रमुख शशिन्द्र खातीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलानमा गत आर्थिक वर्षको खर्च प्रतिशत निकै राम्रो हो । खातीले दिएको विवरण अनुसार गत आर्थिक वर्षमा चालु तर्फ कुल २ अर्ब ८८ करोड ८८ लाख १२ हजार २० रुपैयाँ निकासा भएको थियो ।

जस मध्ये खर्च ९३.८७ प्रतिशत खर्च भएको छ । स्थानिय तहमा जाने पुँजीगत ५ अर्ब ७० करोड ५४ लाख १५ हजार ४ सय ९९ रुपैयाँ मध्ये ५ अर्ब ४६ करोड ९५ लाख ६ हजार खर्च भएको छ । ९५ं८७ प्रतिशत खर्च भएको छ ।

यस्तो छ फ्रिज रकमको विवरण

खर्च हुन नसकी १५ करोड ८० लाख ९० हजार ५ सय १६ रुपैयाँ फ्रिज गएको छ । जस मध्ये जिल्लाको ठुलो तम्घास सिमलटारी प्युठान सडक आयोजनमा ५ करोड २३ लाख ७० हजार २ सय ९ रुपैयाँ फ्रिज गएको छ ।

स्थानिय तह मध्ये रेसुङ्गा नगरपालिका, सत्यवती गाउँपालिका , रुरु गाउँपालिका , गुल्मीदरवार गाउँपालिक, चन्द्रकोट गाउँपालिका र मालिका गाउँपालिकाले एक पैसा पनि फ्रिज जानबाट रोकेका छन ।

मुसिकोट नगरपालिकामा ६ लाख ५५ हजार ६ सय रुपैयाँ फ्रिज गएको छ । छत्रकोट गाउँपालिकामा १४ लाख ९५ हजार ८ सय १ रुपैयाँ फ्रिज गएको छ । कालिगण्डकी गाउँपालिकामा ८ लाख ५४ हजार फ्रिज गएको छ ।

ईस्मा गाउँपालिकामा १ लाख ३९ हजार २ सय ५ रुपैयाँ फ्रिज गएको छ । धुर्कोट गाउँपालिकामा १ लाख ८२ हजार २ सय ९७ रुपैयाँ फ्रिज गएको छ । मदाने गाउँपालिकामा ८ लाख ४१ हजार ४ सय ३७ रुपैयाँ फ्रिज गएको छ ।

जिल्लाका सरकारी कार्यालय मध्ये जिल्ला समन्व्य समितिको ४ लाख ८८ हजार ४ सय ४८ रुपैयाँ फ्रिज गएको छ । जिल्ला शिक्षा कार्यालयबाट १ करोड ३६ लाख ८६ हजार ४ सय ८४ रुपैयाँ फ्रिज गएको छ । जिल्ला निर्वाचन कार्यालयको पनि १० लाख ५७ हजार ८९ रुपैयाँ फ्रिज गएको छ ।

भुकम्प आवास पुनरनिर्माण आयोजनाले काम गर्न नसकेर ३० लाख रुपैयाँ फ्रिज हालेको छ । भुकम्प आपतकालिन ८ लाख ४१ ह्जार ३ सय ७१ फ्रिज गएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ६ लाख ८५ हजार ३ सय ३ रुपैयाँ फ्रिज गएको छ ।

कफि अनुसन्धान कार्यक्रमको १ लाख १६ हजार ८ सय ७९ रुपैयाँ फ्रिज गएको छ । अन्य सरकारी कार्यालहरुको १ लाख देखि ५ लाख सम्म फ्रिज गएको कोष तथा लेखा निरीक्षण कार्यालयको विवरणमा उल्लेख छ । त्यस्तै गत आर्थिक बर्षमा गुल्मीमा २९ करोड ८३ लाख ९३ हजार ५ सय ७३ रुपैयाँ राजश्व संकलन भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D