gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

अनिल खत्री
२३ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा गत बैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय २४ गते राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

जिल्लामा केहि लचिलो बन्दै निषेधाज्ञाको समयमा परिर्वतन गरिएको छ । यसअघि खाद्यवस्तु बेच्ने पसलहरु खोलीदै आएकोमा बैंक तथा बित्तिय संस्थाहरु पनि खोलीने भएको छ ।

निषेधाज्ञाका अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु, एग्रोभेट, विहान ७ देखि १० बजेसम्म खुलाउन पाइने भएको भएको छ । यस अघि ९ बजेसम्म मात्रै समय तोकिएको थियो ।

बाणिज्य बैंक तथा बिकास बैंक (बिमा कम्पनी, वित्तिय संस्था तथा सहकारी बाहेक) अरु बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । यस अघि जिल्लामा गरिको निषेधाज्ञामा बैंक तथा बित्तिय संस्थाहरु पनि पूर्ण रोक लगाइएको थियो ।

निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ ।

निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।

उपर्युक्तानुसारको निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी वलका अतिरिक्त आवश्यकतानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णय गरिएको छ ।

जिल्लामा कोभिडको दोस्रो लहरबाट ५८६ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ८४ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म १ हजार ९२० जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D