gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा जेठ २४ गतेसम्म थपियो लकडाउन

हुमाकान्त पोखरेल
गुल्मी, १४ जेठ । गुल्मीमा थप आठ दिन लकडाउन थपिएको छ । यो सँगै जिल्लामा जेठ २४ गतेसम्म लकडाउन हुने भएको हो । शुक्रबार बसेको जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

यस अगाडी थप गरिएको निषेधाज्ञाको समय जेठ १५ गते (भोली) राती १२ बजे सकिदैछ । थप गरिएको समयमा कसैले लकडाउनको उल्लघंन गरेमा हुने कारवाही पनि हेरफेर गरिएको छ । प्रशासन कार्यालयले एक सुचना जारी गर्दै लकडाउनको उल्लघंन गरी दुई पाङ्ग्रे सवारी चलाएमा दुई हजार तथा चारपाङ्ग्रे सवारी चलाएमा पाचँ हजार जरिवाना तोकेको छ ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ६९६ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमणका कारण जिल्लामा ७५ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म एक हजार २५८ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D