gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते

अनिल खत्री
गुल्मी, ५ फागुन । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् ।

बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पँधेरा भन्ने दुर्घटनामा परेको हो ।

दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पडाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जीपमा २ जना हाल फालेर जोगिएका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको (डीएसपी) पाण्डेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D