gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा जीप दुर्घटना अपडेट : तीनको मृत्यु

यो पनि पढ्नुस्: जिप दुर्घटनाका मृतकहरुको सनाखत (अप्डेट)

हुमाकान्त पोखरेल
गुल्मी, १३ साउन । गुल्मीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपाालिका –४ दोभानमा बुधबार मध्यानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि चन्द्रकोट गाउँपालिका –४ शान्तिपुरका तेजेन्द्र थापा, चन्द्रकोट गाउँपालिका हरेवाका तेजेन्द्र कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । अर्का एकजनाको भने सनाखत हुन नसकेको पाण्डेले बताए । उनका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । घाइते सबैलाई अहिले तम्घास ल्याइएको र अवस्था हेरीकन रिफर गरिने पाण्डेले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D