gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा जीप दुर्घटनामा १ को मृत्यु २ घाइते

अनिल खत्री
६ चैत, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ को तुराङ्ग मजुवामा लु २ च ७७५१ नम्बरको जिप दुर्घटना हुँदा चालक धुर्कोट गाउँपालिका वडा नम्बर ६ निवासी २४ वर्षिय मनिस जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फोटो : फेसबुक

दुर्घटनामा परेर जीपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षिय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । दुर्घटनामा घाइते २ जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

जीप बिहिवार दिउसो तुराङ्ग पिपलपाटा जाँदै गरेको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेको जीप सडकमै पल्टीएको र दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D