gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा जीप दुर्घटनामा ५ जना घाइते

अनिल खत्री
२० साउन, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ५ जना घाइते भएको छन् । बुधवार बेलुकी जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–४ खैरेनीबाट लिम्घा तर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा ५ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते हुनेहरुमा सत्यवति–४ बस्ने वर्ष ३६ को (चालक) सेरबहादुर श्रीसमगर, सत्यवति–४ बस्ने ६८ वर्षकी नैनकला पौडेल, सत्यवति–७ बस्ने ७४ वर्षका चन्द्र बिक, सत्यवति–५ बस्ने ५० वर्षकी दिलकुमारी पुन र सत्यवति–५ बस्ने ६५ वर्षकी भद्रिकला ज्ञवाली रहेको प्रहरी जनाएको छ ।

घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । जीप आफै अनियन्त्रित भइ सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D