gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो, २ घाइते

अनिल खत्री
१२ मंसिर, गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रवार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउदै गरेको लु १ ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा दुर्घटना हँुदा ६ जनाको मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै र १ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना इस्मा गाउँपालिका–४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० बर्षका सुन्दरी थापा र गुल्मी अस्पतालमा उपचारको क्रममा १९ बर्षका फर्सुराम थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ बर्षको सरस्वति दर्लामी र सहचाक २५ बर्षको कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुसल रहेका प्रहरीले जनाएको छ ।

घाइतेहरुको गुल्मी अस्पताल उपचार भइरहेको छ । जीपमा चालक सहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधीहरुले उद्धार गरेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D