गुल्मीमा जिप दुर्घटनामा बिद्युत प्राधिकरणका ७ जना घाइते

टोपलाल अर्याल
गुल्मी, ११ फागुन। गुल्मीको गुल्मी दरवार गाउँपालिका २ जुभुङको अराटुङ्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको छ ।

फोटो : हाम्रो जुभुंग – राम्रो जुभुंग

दुर्घटनामा नेपाल बिद्युत प्राधिकरण गुल्मीमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोक बहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवंर र सेर बहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले बताए । उनीहरु सवैको उद्धार गरेर उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको घलेले बताए । प्राधिकरणको टोली जुहाङ खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि हिडेको प्राधिकरणका प्रमुख नारायण प्रसाद अर्यालले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D