गुल्मीमा जिपको ठक्करबाट वडाअध्यक्ष घाइते

अनिल खत्री
२५ भदौ, गुल्मी । गुल्मीमा जिपको ठक्करबाट वडाअध्यक्ष घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष उदयबहादुर थापालाई बा १८ च १०४४ नम्बरको जिपले ठक्कर दिएर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

थापा बुधवार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुगांमा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट घाइते भएका थापालाई गुल्मी अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै तम्घासमै टेम्पोबाट खसेर एक जना महिला घाइते भएकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ९ बाट तम्घास बसपार्क तर्फ आउँदै गरेको लु १ ह २४५१ नम्बरको टेम्पोबाट खसेर ५८ वर्षिय सेती सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइते सुनारलाई तम्घासमा सामान्य उपचारपछि थप उपचारको लागि पाल्पा पठाइएको प्रहरी नायव उपरिक्षक (डिएसपी) घलेले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D