gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा जारी निषेधाज्ञा हटाइयो

अनिल खत्री
३१ भदौ, गुल्मी । गुल्मीमा जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको जोखिम बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले भदौ १९ गतेदेखि भदौ ३१ गतेसम्मका लागि जिल्लामा निषेधाज्ञा गरिएको थियो ।

बुधवार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले अर्को सूचना जारी नहुन्जेल जिल्लामा जारी गरिएको निषेधाज्ञालाई हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

बिश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको जोखिम बढिरहेकाले जिल्लामा बिभिन्न व्यवसायहरु भदौ १९ कै निर्णय अनुसार समय तालिका बनाएर खोलिने भएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । जिल्लामा खुकुलो रुपमा हुँदै आएको निषेधाज्ञालाई हटाइए पनि दुग्ध ब्यबसाय बिहान ९ बजेदेखी ११ बजेसम्म, साँझ ४ बजेदेखि ६ बजेसम्म संचालन गर्न दिने निर्णय भएकोे छ ।

तरकारी र फलफूल पसलहरु बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म खुल्ला गर्न पाउनेछन् । अन्य पसल, उद्योग व्यववसाहरु बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला रहने व्यवस्था मिलाइएको छ । स्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहने छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D