gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा जनप्रतिनिधीको सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन

अनिल खत्री
१३ जेठ, गुल्मी । गुल्मीमा पहिलो पटक जनप्रतिनिधीमा कोरोना संक्रमण भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १ जना जनप्रतिनिधी सहित अर्का १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

धुर्कोट गाउँपालिका प्रमुख र भारतबाट आएर धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेकामा कोरोना भाइरस भेटिएको पुष्टी भएको कार्यलयले जनाएको छ । संक्रमित ३६ र ३७ बर्षका रहेका छन् ।

संक्रमित धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले आफैले एक बिज्ञप्ती जारी गरी आफनो स्वस्थ्य अबस्था सामान्य रहेको जनाएका छन् । उनले उच्च मनोवलका साथ कोरोना भाइरसलाई जितेर जनताकै सेवामा फर्किने बताए ।

उनले यस अबस्थामा सबैले सरकारले जारी गरेको लड डाउनलाई पालना गर्दै सुरक्षित रहन आग्रह गरे । उनले सबैलाई उच्च मनोवलका साथ सबैले आफनो स्वास्थ्यको ख्याल गर्न आग्रह गरे । संक्रमितहरुको स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

संक्रमितलाई आइसुलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यलय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिनुभयो । जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि उनकोसम्पर्कमा आएका सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधीको सहित ४४ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

जनप्रतिनिधिको सम्पर्कमा आएका जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख , कार्यलय प्रमुखहरु र पत्रकार लगायतको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको छ ।

जिल्लामा यस अघि मदाने गाउँपालिकामा २ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । संक्रमित मध्ये १ जना शिक्षकको उपचारको क्रममा बुटवलमा मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा आएका एक जनाको कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो । मृतकका सम्पर्कमा आएका ३० जना मध्ये एक जनाको रिर्पोट पोजेटिभ आएको थियो भने अन्य सबैको रिर्पोट नेकेटिभ आएको थियो ।

जिल्लामा हालसम्म मृतक शिक्षक सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D