गुल्मीमा चितुवासँग भिडन्त हुँदा एक व्यक्ति घाइते, चितुवाको मृत्यु

टोपलाल अर्याल
गुल्मी, भदौ २६ । गुल्मीमा चितुवासँग अचानक भिडन्त हुँदा एक व्यक्ति घाइते भएका छन् भने चितुवाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका- ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर चितुवाको आक्रमणबाट घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

आइतबार बिहान कुखुराको फर्ममा काम गर्न जाँदा एक्कासि चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच करिब १० मिनेट भिडन्त भएको भाइ लेखराज कुँवरले जानकारी दिए । चितुवाले ४० ठूला र २१ साना गरेर ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

कुँवरको प्रतिकारबाट चितुवा मरेको छ । कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाका अनुसार अहिले घटनास्थलमा चितुवाको मुचुल्का उठाउने काम भइरहेको छ । कुखुरा फर्ममा पसेको चितुवाले एक्कासि आक्रमण गरेपछि प्रतिरक्षाको क्रममा चितुवा मरेको घाइते कुँवरले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D