गुल्मीमा चालु आर्थिक वर्षको ५ महिनामा झन्डै ४ सय मुद्दा दर्ता, सबैभन्दा बढी सम्बन्ध विच्छेदका

गुल्मी, पुष ०५ । जिल्ला अदालत गुल्मीमा चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ३ सय ९३ थान मुद्दा दर्ता भएका छन । जसमा १ सय ६९ मुद्दाको फैसला भइसकेको र २२४ मुद्दा फैसला हुन बाकँी रहेको खरिदार गिता घर्तीले बताउनुभयो । पछिल्ला ३ आ.व मा मुद्दा दर्तामा वर्षानुसार क्रमश वृद्धि भइरहेको छ । यसमा पनि सम्बन्ध विच्छेदका मुद्दा बढी छन् । आ.व. ०७६-७७ मा ४ सय ५४ थान मुद्दा दर्ता भएकोमा २ सय ८८ थान मुद्दा फछर्योट भएका थिए भने १ सय ८९ मुद्दा बाकीँ रहेका थिए ।

त्यस्तै आ.व. ०७७-७८ मा अघिल्लो आर्थिक वर्षको बाँकी र सोही आ.व.को मुद्दा गरी ५ सय ६० मुद्दा परेका थिए । जसमा ३ सय ७१ वटा मुद्दा फछर्योट भएको र १ सय ८९ वटा मुद्दा फैसला हुन नसकेको घर्तीले जानकारी दिनुभयो । गुल्मी जिल्ला अदालतका अनुसार सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । आ.व. ०७७-७८ मा सम्बन्ध विच्छेदका १ सय ८९ थान मुद्दा परेकोमा १ सय ५७ मुद्दा फछर्यौट भएका छन भने ३० वटा मुद्दा फैसला हुन सकेका थिएनन् । यो कुल मुद्दाको ३३ प्रतिशत हो ।

चालु आ.व. को आज सम्ममा सम्बन्ध विच्छेदका मुद्दा ३४ प्रतिशत परेका छन् अर्थात १ सय ३४ थान मुद्दा दर्ता भएकोमा ८० थान मुद्दाको फैसला भएको छ भने ५४ थान मुद्दा बाकीँ छन । दर्ता भएर फस्र्यौट भएका मुद्दाहरूमा मिलापत्र भई सम्बन्ध विच्छेद हुने गरेका छन्। फछ्र्यौट हुन बाँकी रहेका मुद्दाहरू एक वर्षसम्म मिलापत्र नभए स्वतः सम्बन्ध विच्छेदको फैसला हुने कानुनी व्यवस्था रहेको छ।

विशेष गरी सम्बन्ध विच्छेदका मुद्दा बढनुमा दुवै पक्षको बुझाइमा कमी, वैदेशिक रोजगारीमा गएकाबीच असमझदारी बढ्नु, श्रीमान श्रीमतीबीच अनुशासनको कमीजस्ता मुख्य कारणहरू देखिएको कानुन व्यवसायीहरू बताउँछन्। सम्बन्ध विच्छेदमा कम उमेरमा विवाह गर्नु, चेतनाको कमी हुनु, दुबै पक्षमा अहम्ता बढनु, पतिले पत्नीको र पत्नीले पतिको जिम्मेवारी उत्तरदायित्व बोध नगर्नु पनि मुख्य कारण देखिएका छन्। फछर्यौट सम्बन्धमा जिल्ला अदालतको लक्ष्य अनुरुप प्रगति भएको अदालतले जनाएको छ । जिल्ला अदालत, गुल्मीमा सम्बन्ध विच्छेद, अंश मुद्दा, जवरजस्ती करणी, लेनदेन लगायतका मुद्दा दर्ता हुने गरेको खरिदार घर्तीले उल्लेख गर्नुभयो । -रेडियो रेसुङ्गाबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ