gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा चराउँदा हराएका बाख्राहरु बाघको आक्रमणबाट मरेको अवस्थामा फेला परे

गुल्मी, १७ कार्तिक । गुल्मीमा चराउन लगेका मध्ये ८ वटा बाख्रालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेमा रहेको नर बहादुर महताराको छापहिले व्यवसायीक बाख्रा पालन फर्मबाट चराउन लगिएका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्राहरुलाई बाघले आक्रमण गरेर मारेको अवस्थामा बुधवार साँझ फेला पारिएको अर्खबाङ्ग प्रहरी चौकी मालिका गाउँपालिका अर्खबाङ्गका हवल्दार चुरन रानाले जानकारी दिए ।

यस अघी गुल्मीन्युज डट कममा गुल्मीमा चराउन लगेका ८ वटा बाख्रा हराएको खबर प्रकाशित भएको थियो । फर्मबाट चराउन लगिएका मध्ये ८ वटा बाख्राहरु गएको सोमबार दिउँसो हराएका थिए । ३ दिनसम्म फर्म संचालकसहित स्थानीयहरुले खोजीकार्य गरेपनि बुधबार दिउँसोसम्म नभेटिएपछि अर्खबाङ्ग प्रहरीलाई खबर गरिएको थियो । बाख्रा चराउन लगिएको स्थानदेखी करिब ५ किलोमिटर टाढा घैयाँछरे भन्ने स्थानमा रहेको खेतमा बाख्राका अवशेषहरु देखिएको भन्ने आधारमा फर्म संचालक र प्रहरीसहितको समूहले बुधबार साँझ ८ वटा बाख्राका अवशेषहरु मात्र भेटाएको छ । केही बाख्राका टाउको, केही बाख्राका खुट्टा र केही बाख्राका अन्य भागहरु भेटिएको अर्खबाङ्ग प्रहरी चौकी मालिका गाउँपालिका अर्खबाङ्गले जनाएको छ ।

छिमेकी धन बहादुर महतराले चराउन लगेको समयमा बाख्रा हराएका थिए । सोमबार दिउँसो सोही ठाउँकै पन्लापाटा भन्ने स्थानमा हराएका बाख्राहरुका आजसम्म कुनै अवशेष नभेटिदाँ चोरीको आशंका गरिएको थियो । हराएको क्षेत्रमा क्षेत्रमा खोजी कार्य गर्दा बाख्राहरुको बन्यजन्तुको आक्रमणबाट मरेको हुन सक्ने बिषयमा रगत, रौं, खुट्टा र कुनै अवशेष फेला नपरेकोले मान्छेले चोरेको हुन सक्ने आशंका गरिएपनि ३ दिनपछि बाख्राका अवशेषहरु भेटिएको बाख्रा फर्म संचालक नर बहादुर महताराले जानकारी दिए । हराएका सबै बाख्राहरु ब्याउने थिए । स्थानीय जातका ब्याउने बाख्राहरु कम्तीमा प्रति बाख्रा १० हजारका दरले ८० हजार रुपैँया क्षती भएको प्राररम्भिक अनुमान गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D