गुल्मीमा घरमा आगोलागि हुँदा पशु चौपाया जलेर नष्ट

अनिल खत्री
१५ फागुन, गुल्मी । गुल्मीमा घरमा आगोलागि हुँद पशु चौपायाँ जलेर नष्ट भएका छन् । बिहिवार दिउँसो जिल्लाको इस्मा गाउँपालिकावडा नम्बर–५ दमारा स्थित राजु घर्तिको घरमा आगोलागि भएको हो ।

आगोलागिबाट घरमा रहेका १० वटा बाख्रा, १ गाई जलेर नष्ट भएको इस्मा गाउँपालिका कार्यपालिका सदस्य बोमबहादुर कुमालले जानकारी दिए । आगोलागिबाट २ गाई जलेर घाइते भएको बताइएको छ ।

घरको छेउमा बाधेका बाख्रा गाई आगोलागिमा गरेका थिए । आगोलागिबाट २ तले खरको छाना गरेको घरमा रहेको अन्तपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो बच्चा बच्ची खेल्ने क्रममा लागेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । आगो स्थानीय वासी, प्रहरी लगायतले नियन्त्रणमा लिएका थिए । आगोलागिबाट करिब ३ लाख वढि क्षेती भएको हुन सक्ने अनुमान गरिएको कार्यपालिका सदस्य कुमालले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ