जनार्दन घिमिरे
गुल्मी, मंसिर ०७ । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गाेकर्ण विष्ट विजयी हुनुभएकाे छ । अन्तिम मत परिणाम अनुसार विष्ट २८ हजार ४ सय ८५ मत ल्याएर विजयी हुनुभयाे ।
उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४१ मत प्राप्त गर्नुभयाे । विष्ट यसअघि भएकाे २०७० र २०७४ सालमा पनि गुल्मीबाट विजयी हुनुभएकाे थियाे ।