gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा गाउँपालिकालाई १० रोपनी जग्गा नि:शुल्क दिन खुल्ला इच्छा पत्र

सन्जु काउछा
गुल्मी, पुष २६ । गुल्मीको मदाने गाउँपालिकालाई नि:शुल्क जग्गा प्रदान गर्न एक स्थानियले खुल्ला ईच्छापत्र सार्वजनिक गरेका छ्न् । मदाने गाउँपालिका साविकको पुर्कोट दह ३ स्थायी घर भएका राजेन्द्र जिसीले फेसबुक मार्फत गाउँपालिकालाई सम्बोधन गर्दै सो इच्छा पत्र सार्वजनिक गरेका हुन् ।

मंगलबर आफ्नो फेसबुक मार्फत जिसीले मदाने गाउँपालिका साविकको पुर्कोट दह ३ मा पर्ने ढोरपाटन सडकसँगै रहेको १० रोपनी जग्गा मदाने गाउँपालिकाको कार्यालय निर्माणार्थ नि:शुल्क प्रदान गर्न आफु तैयार रहेको बताएका छन् । सो जग्गा आफ्नै नाममा रहेको र सरोकारवालाहरुको अध्यययन अनुगमनले उक्त जमिन गाउँपालिकाको कार्यालय निर्माण गर्न उपयुक्त ठानेमा आफु सो जमिन गाउँपालिकालाई हस्तान्तरण गर्न तैयार रहेको जिसीले गुल्मीन्युजलाई जानकारी दिए ।

गाउँपालिकाको अध्यक्षलाई सम्बोधन गर्दै लेखेको सो पत्रमा जिसीले गाउँपालिकाले आफुलाई गाउँपालिकाका सरोकारवलाहरुले आफ्नो मोबाईल नम्बर ९८५७०२९७११ मा संपर्क गर्न सक्ने पनि बताए ।
madane gaun palika

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D