Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा खुकुलो बनाउदै साउन १० गतेसम्म निषेधाज्ञा थप - Gulminews

गुल्मीमा खुकुलो बनाउदै साउन १० गतेसम्म निषेधाज्ञा थप

अनिल खत्री
१ साउन, गुल्मी । गुल्मीमा केहि खुकुलो बनाउदै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले साउन १० गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु दैनिक बिहान ७ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन गर्न पाउने भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

यसअघी १ बजेसम्म दिएको थियो । सार्बजनिक यातायातमा जोर बिजोर प्रणाली लागू गरि स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरि जिल्ला भित्र सन्चालन गर्न पाउने भएका छन् ।

निजि यातायात पनि सन्चालन हुन पाउने भएका छन् । तर निजि यातायातमा यात्रु बोक्न भने प्रतिबन्ध गरिएको छ । जिल्लाभित्र निर्माण सामाग्री, पुस्तक, कृषि जन्य पदार्थ बोक्ने जिप तथा ट्रक सुरक्षा मापदण्ड अपनाएर सन्चालन हुन पाउने भएका छन् । शैक्षिक सस्था बैकल्पिक बिधिबाट संचालन गर्ने बताइएको छ ।

खाजा घर, रेष्टरेन्ट बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यस्तै बैंक तथा वित्तिय संस्था, सहकारी, वीमा कम्पनीहरु सञ्चालन गर्न पाउने भएका छन् ।

खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा बित्तिय संस्था फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।

जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पुर्ण रुपमा रोक लगाइएको प्रशासकीय अधिकृत पन्थीले बताए । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

जिल्लामा कोभिडको दोस्रो लहरबाट ४५७ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ९१ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म ३ हजार ५८९ जना संक्रमित निको भएको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D