gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा खानेपानीको बिल ईसेवा मार्फत तिर्न सकिने

अनिल खत्री
३ कात्तिक, गुल्मी । गुल्मीमा खानेपानीको बिल ईसेवा मार्फत तिर्न सकिने भएको छ । तम्घास बृहद खानेपानीको बिल भुक्तानी इन्टेरनेटको सहायता मार्फत ईसेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको ईसेवा गुल्मीका प्रमुख जनक पन्थले बताए ।

यस अघि बिल भुक्तानी गर्न कार्यालयमै पुग्नु पर्ने बाध्यता अत्य भएको छ । बिल भुक्तानी गर्न ईसेवा आइडी मार्फत भुक्तानी गर्न सकिने छ । त्यसको लागि आफनो ईसेवा आइडी वा नजिकैको ईसेवा सेन्टरबाट सेवा लिन सकिन्छ ।

बिल भुक्तानीको लागि ईसेवा सेन्टरमा गएर बनाउन पनि तिर्न सकिन्छ । पछिल्लो समय यता बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले बिल भतानी गर्न कार्यालयमै पुग्नु पर्दा संक्रमणको जोखिम मोल्नु पर्ने बाध्यता थियो ।

तर इन्टरनेटको माध्यमबाट घरमै बसेर बिल भुक्तानी गर्न पाउदा बिभिन्न झन्झटको पनि अत्य हुने भएको छ । बिल भुक्तानी गर्न कार्यालयमै पुग्नु पर्दाको समय बचत हुने भएकाले पनि यसले ग्राहक वर्गमा सजिलो, छिटो र सहजता ल्याउने ईसेवा लुम्बिनी प्रदेश प्रमुख कमल सापकोटा बताए ।

ईसेवाले हाल अन्य बिभिन्न बिद्युत, टेलीकम लगायत कार्यालयहरुमा बिल भुक्तानी गर्न कार्यालय जानुपर्ने बाध्यता अत्य गरेको छ । कोरोना महामारीले गर्दा संक्रमणको उच्च जोखि हुने भएकाले पछिल्लो समय यता सेवा ग्रहीले अनलाइन सेवा नै प्रयोग गर्ने गरेको ईसेवा लुम्बिनी प्रदेश प्रमुख सापकोटाको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D