gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा कोरोनो संक्रमित ३ सय २४ पुगे, ८७ जना डिस्चार्र्ज

टोपलाल अर्याल
गुल्मी, १५ असार । गुल्मीमा अहिलेसम्म तीन सय २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार रेसुंगा नगरपालिकामा ४३ जना, मुसिकोट नगरपालिकामा १५, रुरु क्षेत्र गाउँपालिकामा ३१, छत्रकोटमा ४४, मालिकामा १३, इस्मा गाउँपालिकमा ५७, चन्द्रकोटमा १८, कालिगण्डकीमा एक, धुर्कोटमा ३१, गुल्मी दरवारमा ५४, सत्यवति ११ र मदानेमा छ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिए । अहिलेसम्म इस्मा गाउँपालिकामा सवैभन्दा बढि कोरोना संक्रमित भेटिएका छन् । सोमबार मात्रै जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । रुर क्षेत्र गाउँपालिकाका आठ, गुल्मी दरवार गाउँपालिकाका २१ र छत्रकोट गाउँपालिकाका आठ जना संक्रमित थपिएका हुन् ।

८७ जना कोरोना संक्रमित डिस्चार्र्ज

गुल्मीमा कोरोना निको भएर ८७ जना डिस्चार्ज भएका छन् । जसमा ७८ पुरुष र नौ जना महिला रहेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाबाट ३६, रुरु क्षेत्र गाउँपालिकाबाट १६, इस्मा गाउँपालिकाबाट १७, मालिकाबाट चार, चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटबाट एक÷एक जना डिस्चार्ज भएका छन् । त्यस्तै गुल्मी दरवार गाउँपालिकाबाट चार र सत्यवति गाउँपालिकाबाट छ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुन परिक्षण बिनानै घर पठाउन सुरु गरिएको छ । रेसुङ्गा नगरपालिकाले कोरोना संक्रमण भएको १४ दिनसम्म आइसोलेसनमा कुनै लक्षण नदेखिएका १३ जनालाई दोस्रो परिक्षण नगरी डिस्चार्ज ग¥यो । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने भएकाले स्थानीय तहहरुलाई त्यहि अनुसारको सल्लाह दिइरहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।

१५ सय २२ को स्वाब संकलन

गुल्मीमा अहिलेसम्म १५ सय २२ जनाको स्वाब संलन गरिएको छ । जसमा ११ सय ३७ जनाको नतिजा आएको छ । नतिजा अनुसार तीन सय १८ जनाको पिसिआर पोजेटिभ र आठ सय १९ जनाको नेगेटिभ आएको छ । त्यस्तै पाँच हजार सात सय २९ जनाको आरडिटी परिक्षण गरिएको छ । अहिलेसम्म आठ सय ७१ जनाको आरडिटी पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । अझै पनि स्थानीय तहमा क्वारेन्टाइनमा १२ सय २१ पुरुष र दुई सय ३६ महिला गरेर १४ सय ५७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा दुई सय आठ पुरुष र २५ महिला गरेर दुई सय ४३ जना रहेको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल प्रर्सन गोपाल कार्कीले जानकारी दिए ।

अहिलेसम्म ३ संक्रमितको मृत्यु

गुल्मीमा तीन जनाको कोरोना संक्रमको कारण मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणको कारण जिल्लामा पहिरो पटक मदाने गाउँपालिका ६ का ४१ बर्षीय पुरुषको मृत्यु भएको थियो । सामान्य ज्वरो आएर थप उपचारको लागि घरबाट अर्घाखाँची हुँदै वुटवल पुगेका उनको उपचारकै क्रममा वुटवलको क्रिमशन अस्पतालको सघन कक्षमा जेठ ८ गते मृत्यु भयो । ती व्यक्तिको पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । त्यस्तै धुर्कोट गाउँपालिकाका कोरोना संक्रमित ३६ बर्षीय पुरुषको रेसुङा नगरपालिका ९ उपल्लो तम्घासको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । क्यान्सरसंगै कोरोना संक्रमण भएपछि उपचारकै क्रममा जेठ ३१ गते राति मृत्यु भएको थियो ।

मृतक दुई बर्षदेखि पेटको ठूलो आन्द्राको क्यान्सरले पीडित थिए । उनका तीन वटै पिसिआर रिर्पोट पोजेटिभ थिए । त्यस्तै छत्रकोट गाउँपालिकामा एक व्यक्तिको होम क्वारेन्टीनमा मृत्यु भयो । छत्रकोट गाउँपालिका वडा नं ५ मैनडाँडाका ६९ बर्षीय पुरुषको जेठ ४ गते राति मृत्यु भएको छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिए । उनलाई प्यारालाइसेसको समस्या थियो । उपचारपछि गत जेठ २५ गते भारतबाट आएकाले होम क्वारेन्टीनमा छुट्टै व्यावस्थापन गरिएको थियो । मृतकको आरडिडी र पिसिआर दुवै रिर्पोट पोजेटिभ आएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D