gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा कोरोना सङ्क्रमणका कारण ८३ वर्षीय वृद्धको मृत्यु

तिलाचन पाण्डे
तम्घास, भदौ १६ । गुल्मीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण थप एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर २ पीपलधाराका होम आइसोलेशनमा बस्नुभएका ८३ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । उहाँमा भदौ १३ गते एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएको थियो। उहाँको शव नेपाली सेनाले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो सँगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार जिल्लामा बुधवारसम्म ९६ जनाको मृत्यु भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ३९० जना रहेको जानकारी दिनुभयो ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र स्वास्थ्यका मापदण्डहरु पालना गर्नका लागि गुल्मीवासीहरूलाई स्वास्थ्य कार्यालयले अपिल गर्दै आएको छ ।

यता गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले अस्पतालमा आउने बिरामीहरुका लागि भौतिक दूरी कायम राख्न, स्वास्थ्यका मापदण्डहरु पालना गर्न र अनिवार्य मास्कको प्रयोग गर्नका लागि सुझाव दिने गरेको बताउनुभयो । सङ्क्रमित बिरामीहरूको लापरबाहीका कारण पनि कोरोना फैलिनुको एक कारण भएको उहाँको दाबी छ । सङ्क्रमित बिरामीहरूलाई आफूहरुले परामर्श दिएर सुरक्षित तरिकाले होम आइसोलेशनमा बस्नका लागि सुझाव दिने गरेको पच्याले बताउनुभयो ।

जिल्लामा ४४ हजार २५२ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाएका छन् भने ३८ हजार ५१५ जनाले दोस्रो मात्राका खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D