gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा कोरोना संक्रमितको सङ्ख्या ४ सय ६० पुग्यो, सक्रिय संक्रमित मात्रै २२ जना

सन्तोष महतारा
गुल्मी,०४ असोज । गुल्मीमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या ४ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका ४ जनासहित कुल संक्रमितको सङ्ख्या ४ सय ६० पुगेको स्वास्थ्य कार्यालय गुल्मीमा सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

जिल्लामा अहिले सक्रिय संक्रमितको सङ्ख्या २२ जना मात्रै छन् । बाँकी ४ सय ३५ जना निको भएर घर फर्किसकेका छन् । हाल सम्म जिल्लामा कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देखिएका ४ जना सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । ४ जनामध्ये रुरु गाउँपालिकाका २ जना, इस्मा र मदाने गाउँपालिकाका १/१ जना रहेका छन् । आउँदो बिहिवार देखि गुल्मीमा नै कोरोनाको परिक्षण हुने तयारी पुरा भइसकेको छ ।
तर अहिलेसम्म रुपन्देहीको भैरहवाबाट कोरोनाको परिक्षण हुदै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D