gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा कोरोना संक्रमतिको संख्या ३९० पुग्यो, पछिल्लो २४ घण्टामा ३ जना नयाँ संक्रमित थपिए

गुल्मी, भदौ ११ । जिल्लामा कोरोना भाइरस संक्रमतिको संख्या ३९० पुगेको छ । पछिल्लो २४ घण्टामा गुल्मी जिल्लामा ३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य कार्यालय गुल्मीका अनुसार मंगलबारसम्म जिल्लामा ३३० जना पुरुष र ६० जना महिलामा गरी कोरोना संक्रमितको संख्या ३९० पुगेको हो । संक्रमितमध्ये ३ सय ६६ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् भने ३ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभरमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ जना पुगेको छ।

देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् भने हालसम्म १८० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D