gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा कोरोना नियन्त्रणका लागि ११ करोड खर्च

हुमाकान्त पोखरेल
गुल्मी, २७ भदौ । गुल्मीमा कोरोना नियन्त्रण तथा रोकथामका लागि झण्डै ११ करोड खर्च भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, तम्घास अस्पताल र जिल्ला समन्वय समितिमार्फत १० करोड ८९ लाख ६५ हजार २५२ खर्च भएको हो । कोरोना भाइरस सुरु भएदेखि असार मसान्तसम्म स्थानीय तह तथा कार्यालयहरुबाट उक्त रकम खर्च भएको हो ।

रेसुङ्गा नगरपालिका

कोरोना रोकथाम नियन्त्रणको लागि १४ वटा वडा रहेको रेसुङ्गा नरपालिकामा गत चैत देखि असार मसान्तसम्म कुल एक करोड २६ लाख छ हजार ६७५ खर्च भएको छ । जसमध्ये पहिलो चरणमा राहत वितरणको लागि ११ लाख ७६ हजार ७७ रुपैँया र दोस्रो चरणको राहत वितरणको लागि ३० लाख ८९ हजार ६५३ गरी कुल ४२ लाख ६५ हजार ७३० रुपैँया राहत खर्च भएको हो । क्वारेन्टिन व्यवस्थापनको लागि १६ लाख २१ हजार दुई सय तथा क्वारेन्टिनमा बस्नेहरुको लागि खाना खर्चमा १७ लाख ४३ हजार खर्च भएको रेसुङ्गा नगरपालिकाका सुचना अधिकारी शंकर प्रसाद गौतमले जानकारी दिए । त्यस्तै सिरक डसनाका लागि छ लाख ४३ हजार, आइसोलेशनमा पानी जोड्न र पाटेशन गर्न ७० हजार तथा सवारीको लागि ८८ हजार तथा बाँकी रकम अन्य शिर्षकमा पनि खर्च भएको गौतमले बताए । नगरपालिकामा विपद् व्यवस्थापन तथा कोरोना कोषमा कुल एक करोड ५४ लाख ८४ हजार २२५ जम्मा भएको थियो ।

मुसिकोट नगरपालिका

मुसिकोट नगरपालिकाले गत आर्थिक बर्षको चैतदेखि असार मसान्तसम्ममा कोरोना नियन्त्रणको लागि एक करोड ७० लाख ५६ हजार ४४७ खर्च गरेको छ । नगरपालिकाले विभिन्न चार शिर्षकमा कोभिड खर्चलाई वर्गिकरण गरेको छ । जसअन्तरगत क्वारेन्टिन तथा आइसोलेशन व्यवस्थापनको लागि ९३ लाख ९९ हजार ९८६ खर्च भएको छ । औषधी उपचार तथा स्वास्थ्य सामग्री खरिदमा ३४ लाख ५२ हजार ४९१, विभिन्न चरणमा वितरण गरेको राहतमा ४० लाख ९० हजार ६५० तथा विविध खर्चमा एक लाख १३ हजार ३२० खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

रुरुक्षेत्र गाउँपालिका

रुरुक्षेत्र गाउँपालिकाले कोरोना नियन्त्रणको लागि ६५ लाख ८० हजार ९८४ खर्चिएको छ । जसअन्तरगत क्वारेन्टिन व्यवस्थापन र क्वारेन्टिनमा खाना तथा स्वाव संकलन र पठाउने कार्यमा ३३ लाख ७९ हजार ८९३ खर्च भएको छ । त्यस्तै औषधी, माक्स, सेनिटाइजर, पिपीई लगायतका स्वास्थ्य सामग्री खरिदमा ११ लाख चार हजार ६२४ खर्च गरेको गाउँपालिकाले जनाएको छ । पहिलो चरणको खाद्यान्न वितरणमा नौ लाख ६१ लाख ४९७ तथा दोस्रो चरणमा कामको लागि राहतका लागि ११ लाख ३४ हजार ९७० खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए । आम्दानीतर्फ विपद् व्यवस्थापन कोषमा एक करोड ३२ लाख ४९ हजार ८३० जम्मा भएको गिरीले बताए ।

मदाने गाउँपालिका

मदाने गाउँपालिकाले कोभिड १९ नियन्त्रणको लागि एक करोड १० लाख ५० हजार खर्च गरेको छ । जसअन्तरगत खाद्यान्न वितरणको लागि ४८ लाख ५० हजार, क्वारेन्टिन व्यवस्थापनको लागि पाचँ लाख, सुरक्षा गार्ड तथा क्वारेन्टिनमा राखेको भान्सेको लागि छ लाख खर्च भएको गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए । औषधी, माक्स, सेनिटाइजर, पिपिई लगायतका स्वास्थ्य सामग्री खरिदको लागि ११ लाख, क्वारेन्टिनमा खाना तथा खाजाको लागि ३४ लाख, इन्धन र विविध खर्चमा एक÷एक लाख खर्च भएको सुचना अधिकारी पोखरेलले बताए ।

मालिका गाउँपालिका

मालिका गाउँपालिकामा कुल एक करोड ५० लाख चार हजार ५७ रुपैँया खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए । जसअन्तरगत माक्स र सेनिटाइजरको लागि पाचँ लाख ११ हजार ९७०, औषधी तथा औषधीजन्य उपकरणको लागि नौ लाख ८० हजार ९०९, क्वारेन्टिन व्यवस्थापनको लागि सामग्री खरिदमा तीन लाख आठ हजार ८६३ खर्च भएको भण्डारीले जानकारी दिए । कोरोनाको जनचेतनाको लागि व्यानर छपाई, सूचना तथा माइकिङ्गको लागि एक लाख ५२ हजार ५५०, क्वारेन्टिन व्यवस्थापन तथा ५४८ जनालाई दैनिक ३०० का दरले २९ लाख ३५ हजार २७८ खर्च भएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा सबै वडामा राहत वितरणमा १४ लाख ५१ हजार १०१, खाद्यान्नमा आधारित रोजगारीको लागि ५० लाख ६१ हजार ३४३, क्वारेन्टिमा बसेकाहरुलाई विभिन्न ठाउँमा ढुवानीको लागि दुई लाख १६ हजार ४४० तथा जिल्ला समन्वय समितिलाई आइसोलेशन वार्ड निर्माणको लागि दुई लाख खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

चन्द्रकोट गाउँपालिका

चन्द्रकोट गाउँपालिकाले विभिन्न पाचँवटा शिर्षकमा कोरोना नियन्त्रणको लागि खर्चिएको रकमको बर्गिकरण गरेको छ । जसअन्तरगत राहत वितरणको लागि २६ लाख ६ हजार ८३४, क्वारेन्टिन व्यवस्थापनको लागि २२ लाख ३४ हजार ४१ खर्च भएको छ । आइसोलेशन व्यवस्थापनमा चार लाख २३ हजार ९३२, औषधी खरिदको लागि १० लाख ८९ हजार ६२ तथा यातायात खर्चको लागि तीन लाख १४ हजार ३६४ गरी कुल ६७ लाख ४२ हजार १३३ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका

गुल्मीदरबार गाउँपालिकाले वेभसाइटमार्फत आफ्नो कोभिड खर्च विवरण खर्च सार्वजनिक गरेको छ । उसले विभिन्न १३ शिर्षकमा कोरोना नियन्त्रणको लागि कुल एक करोड २३ लाख तीन हजार ७७० खर्च गरेको जनाएको छ । जसअन्तरगत राहत वितरणमा १२ लाख २१ हजार ४९०, जोखिम भत्ता वितरणको लागि १६ लाख ५९ हजार ८१, कोरोना बीमाको लागि एक लाख ८७ हजार दुई सय, क्वारेन्टिनमा शयन कक्षको लागि ९४ हजार ८० खर्च भएको गाउँपालिकाको वेभसाइटमा उल्लेख गरिएको छ । त्यस्तै माक्स खरिद र वितरणको लागि गाउँपालिकाले तीन लाख ११ हजार ९४२, क्वारेन्टिन व्यवस्थापनतर्फ ३८ लाख ७४ हजार ६५७, स्वास्थ्य सामग्री खरिदको लागि २० लाख ७२ हजार ३३१ खर्च गरेको गाउँपालिकाको वेभसाइटमा उल्लेख गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिए ।

इस्मा गाउँपालिका

इस्मा गाउँपालिकामा कोरोना नियन्त्रणको लागि ७१ लाख २९ हजार ०२८ खर्च गरेको छ । जसमध्ये पिपिई, थर्मल गन, औषधी लगायतका स्वास्थ्य सामग्री खरिदको लागि २० लाख २४ हजार १५७, राहत वितरणको लागि २२ लाख ४५ हजार ३३, व्यानर, ग्यास सेट, सिरक, डसना, बाल्टी लगायतका सामाग्रीको लागि एक लाख ७३ हजार ४८७ खर्च भएको गाउँपालिकाका कोभिड विशेष सुचना अधिकारी बाबुलाल थापाले जानकारी दिए । जिल्ला आइसोलेशनको लागि दुई लाख, क्वारेन्टिन तथा आइसोलेशनको लागि १४ लाख ६३ हजार ९८६, यातायातको लागि तीन लाख ५३ हजार ८५० तथा इन्धनको लागि ५८ हजार ६२० खर्च भएको छ । त्यस्तै मोबाइल टिम र सबै वडाको बैठक खाना भत्ता गरी पाचँ लाख ५० हजार ४५५ खर्च भएको थापाले बताए ।

छत्रकोट

छत्रकोट गाउँपालिकामा कोरोना नियन्त्रणको लागि एक करोड सात लाख २९ हजार ६९४ खर्च गरिएको छ । राहतमा १३ लाख ५१ हजार एक, स्वास्थ्य सामग्री खरिदको लागि १३ लाख ७० हजार ४५६, कृषकलाई राहत वितरणमा तीन लाख ५९ हजार छ सय, स्वयम् सेविकाहरुलाई सञ्चार खर्चस्वरुप एक लाख ६८ हजार पाचँ सय खर्च भएको गाउँपालिकाका लेखा अधिकृत सन्तोष जि.सी.ले जानकारी दिए । त्यस्तै यातायातको लागि ८१ हजार ३५०, क्वारेन्टिन खर्चमा खाना र सामग्रीको लागि ५९ लाख सात हजार, क्वारेन्टिनमा आवश्यक सामग्री खरिदको लागि छ लाख २१ हजार ९२, कर्मचारी र जनप्रतिनिधिको बीमाको लागि ७५ हजार छ सय लगायतका शिर्षकमा खर्च भएको लेखा अधिकृत जि.सी.ले जानकारी दिए ।

सत्यवती : कोरोना कोषबाट प्रशासकीय अधिकृतले लिए ३० हजार

देश कोरोना कहरमा छ । कोषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न स्तरका नागरिकले सहयोग गरेका छन् । तर जिल्लाका एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले भने कोरोना कोषबाट अनुगमन भत्ता लिएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले अनुगमन भत्तास्वरुप कोरोना कोषबाट २९ हजार १०६ लिएको खुलेको छ । त्यस्तै गाउँपालिकाले राहतको लागि नौ लाख ४५ हजार ९८३, माक्स सिलाउनको लागि ८३ हजार ७२५, स्वास्थ्य सामग्रीको लागि एक लाख तीन हजार ४२५, दीर्घरोगीको औषधीको लागि चार लाख ९७ हजार ८५, हेल्थ डेक्स खर्चस्वरुप दुई लाख ७१ हजार पाचँ सय खर्च भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सूर्य रानाले जानकारी दिए । गाउँपालिकाले कोरोना नियन्त्रणको लागि विभिन्न ६८ शिर्षकमा ७६ लाख ९६ हजार १९१ खर्च विवरण तयार गरेको स्वास्थ्य संयोजक रानाले जानकारी दिए ।

धुर्कोट

धुर्कोट गाउँपालिकामा कोरोना नियन्त्रणको लागि एक करोड आठ लाख ७२ हजार ६६४ खर्च भएको छ । जसअन्तरगत क्वारेन्टिन व्यवस्थापनको लागि सामाग्री खरिदमा चार लाख ७३ हजार ३५८, आइसोलेशन निर्माणको लागि ११ लाख ९२ हजार ३१३, व्यानर लगायतका सामग्री छपाइको लागि तीन लाख ७३ हजार ६४ खर्च भएको छ । आइसोलेशनमा शौचालय तथा विद्युतिकरणको लागि चार लाख ६६ हजार १७२, यातायातको लागि ६७ हजार तथा स्वाब संकलन कक्ष निर्माणको लागि ८० हजार लगायतका शिर्षकमा गरी कुल ३२ लाख ७३ हजार २९७ खर्च भएको गाउँपालिकाका लेखा अधिकृत प्रकाश गौतमले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँलाई पाचँ लाख २१ हजार ८४९, वडा नम्बर २ पिपलधाराको लागि छ लाख ४२ हजार ९१०, वडा नम्बर ३ हाडहाडेको लागि तीन लाख सात हजार २७६, वडा नम्बर ५ वस्तुको लागि पाचँ लाख २१ हजार २०० कोरोना कोषबाट भुक्तानी दिइएको लेखा अधिकृत गौतमले जानकारी दिए । वडा नम्बर ६ रजस्थलमा छ लाख ४४ हजार पाचँ तथा वडा नम्बर ७ वाग्लाको लागि सात लाख एक हजार ८४ भुक्तानी दिइएको लेखा अधिकृत गौतमले बताए ।

कालिगण्डकी

कालिगण्डकी गाउँपालिकाले १५ लाख ३० हजार राहत वितरणको लागि खर्च गरेको छ । आवश्यक स्वास्थ्य सामग्रीको लागि १३ लाख ३५ हजार सात सय, विस्तरा खरिदको लागि चार लाख ८५ हजार खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । जनचेतनामुलक व्यानर छपाइको लागि एक लाख दुई हजार, यातायातको लागि दुई लाख ५५ हजार, क्वारेन्टिन व्यवस्थापनको लागि तीन लाख पाचँ हजार, हेल्थ डेक्सको लागि दुई लाख २० हजार तथा विविध कार्यको लागि ५६ हजार ७१८ गरी कुल ४२ लाख ८९ हजार ४१८ खर्च भएको पल्लीले बताए । कालिगण्डकीले गरेको यो खर्च जिल्लाका सबै स्थानीय तहले गरेको खर्चभन्दा कम हो ।

तम्घास अस्पताल गुल्मीबाट कुल चार लाख ८४ हजार ५६० खर्च भएको छ । जसमध्ये एक लाख ४४ हजार पिपिई, माक्स, थर्मल गन र सेनिटाइजरको लागि तीन लाख २१ हजार ८४० खर्च भएको तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिए । स्वास्थ्य कार्यालयले आफुले गरेको खर्चलाई तीन शिर्षकमा विभाजन गरेको छ । जसअनुसार पिपिई लगायतका स्वास्थ्य सामग्री खरिदको लागि चार लाख ९८ हजार २४३, जोखिम भत्तामा एक लाख ४५ हजार ६३ खर्च भएको छ । स्वाब संकलन तथा परीक्षणको लागि भ्रमण खर्चमा एक लाख ४७ हजार ४१० गरी स्वास्थ्य कार्यालयबाट कुल सात लाख ९० हजार ७१६ खर्च भएको कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट गत आर्थिक बर्षमा एक लाख ३७ हजार खर्च भएको सुचना अधिकारी उद्धव पन्थले बताए । जिल्ला समन्वय समितिबाट चार लाख ९६ हजार २८८ खर्च भएको छ ।

क्र.स. स्थानीय तह कार्यालय खर्च विवरण
१ रेसुङ्गा नगरपालिका एक करोड २६ लाख ६ हजार ६७५
२ मुसिकोट नगरपालिका एक करोड ७० लाख ५६ हजार ४४७
३ धुर्कोट गाउँपालिका एक करोड आठ लाख ७२ हजार ६६४
४ मदाने गाउँपालिका एक करोड १० लाख ५० हजार
५ मालिका गाउँपालिका एक करोड १८ लाख १८ हजार ४५४
६ गुल्मीदरबार गाउँपालिका एक करोड २३ लाख तीन हजार ७७०
७ छत्रकोट गाउँपालिका एक करोड सात लाख २९ हजार ६९४
८ रुरुक्षेत्र गाउँपालिका ६५ लाख ८० हजार ९८४
९ सत्यवती गाउँपालिका ७६ लाख ९६ हजार १९१
१० चन्द्रकोट गाउँपालिका ६७ लाख ४२ हजार १३३
११ कालिगण्डकी गाउँपालिका ४२ लाख ८९ हजार ४१८
१२ इस्मा गाउँपालिका ७१ लाख २९ हजार ०२८
१३ स्वास्थ्य कार्यालय सात लाख ९० हजार ७१६
१४ तम्घास अस्पताल चार लाख ८४ हजार ५६०
१५ जिल्ला समन्वय समिति चार लाख ९६ हजार २८८
१६ जिल्ला प्रशासन कार्यालय एक लाख ३७ हजार
१७ जम्मा १० करोड ८९ लाख ६५ हजार २५२

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D