gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा कोरोना नियन्त्रणको लागि ‘प्रतिकार्य योजना’ निर्माण

हुमाकान्त पोखरेल
गुल्मी, १३ जेठ । गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ‘कोरोना प्रतिकार्य योजना’ निर्माण गरिएको छ । आइतबार जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकारवालाहरुको बैठकले प्रतिकार्य योजना निर्माण गरी पास गरेको छ ।

बैठकले जिल्लाका सात स्थानीय तहमा आइसोलेशन कक्ष बनाउने निर्णय गरेको छ । जसअन्तरगत धुर्कोटको बर्बोट, मुसिकोटको वामी, चन्द्रकोटको शान्तिपुर, सत्यवती, रुरुक्षेत्र, छत्रकोट र रेसुङ्गामा आइसोलेशन कक्ष बनाउने निर्णय गरिएको जिल्ला समन्वय समितिका सभापति लक्षमण पराजुलीले जानकारी दिए । यसरी निर्माण गरिएका आइसोलेसनलाई दुई भागमा विभाजन गरिएको छ । जसमध्ये रेसुङ्गा नगरपालिकामा जटिल किसिमका बिरामीहरु राख्ने र अन्य ठाउँका आइसुलेशनमा सामान्य किसिमका बिरामी राख्ने निर्णय गरिएको छ ।

बाहिरबाट आएकालाई सुरुमा क्वारेन्टाइनमा राख्ने, पिसिआर गरिसकेपछि पोजेटिभ देखिए रेसुङ्गा नगरपालिका बाहेकका आइसोलेशनमा राख्ने, अवस्था जटिल भए रेसुङ्गा नगरपालिकाको आइसोलेशनमा राख्ने अति गम्भिर भए बुटबल लैजाने निर्णय गरिएको छ । जसको लागि रेसुङ्गा नगरपालिकाको आइसोलेशन कक्षलाई २० क्षमताबाट ५० क्षमताको पु¥र्याउने निर्णय गरिएको छ । भने १२ वटै स्थानीय तहले दुई÷दुई लाखका दरले उक्त आइशुलेसनको लागि सहयोग गर्ने भएका छन् । त्यसरी संकलित रकम रेसुङ्गा नगरपालिकाको राहत कोषमा जम्मा हुने र त्यसै शिर्षकअन्तरगत खर्च हुनेछ । प्रतिकार्य योजनाअन्तरगत प्रत्येक क्वारेन्टाइनको लागि व्यवस्थापन समिति बनाउने र क्वारेन्टाइनमा रहेकाहरुलाई जनचेतनाको लागि शिक्षक परिचालन गर्ने निर्णय भएको समन्वय समिति सभापति पराजुलीले जानकारी दिए ।

बैठकले लकडाउनलाई थप व्यवस्थित गर्ने तथा लकडाउनबाट परेको नकारात्मक विषयवस्तुलाई सबै मिलेर निराकरण गर्ने निर्णय गरेको छ । भारतबाट सिमामा अलपत्र नागरिकलाई सम्बन्धित ठाउँसम्म ल्याउनको लागि तत्काल गाडी पठाउने, त्यसरी आएकाहरुलाई न्यूनतम १४ दिनसम्म सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनमा खानाको व्यवस्था स्थानीय तहले गर्ने तथा बस्नको लागि सम्बन्धित परिवारबाट ओढ्ने, ओच्छ्याउने कपडा ल्याउन आग्रह गर्ने निर्णय गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D