गुल्मीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो, हेरौँ कुन पालिकाको अवस्था कस्तो छ ? (तालिका सहित)

गुल्मी, बैशाख २७ । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीले सोमबार दिउँसो जारी गरेको बिवरण अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछील्लो २४ घण्टामा पिसिआर परिक्षणबाट २४ जना र एण्टिजेन परिक्षण बाट ८२ जनामा कोरोना संक्रमण देखिएको हो ।

हाल जिल्लामा २ सय ५ पिसिआर र १ हजार ७९ जनाको एण्टिजेन परिक्षण गरिएको छ जसअन्तर्गत ७ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । १ सय ९१ जना पिसिआर पोजेटिभ र ५३२ जना एन्टीजेन पोजेटिभ रहेका छन् ।

दोश्रो लहरमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये अपहले सम्म ९५ जनाले कोरोना जितेर निको भएका छन् । अहिले संक्रिय संक्रमितको संख्या ६०१ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सबैभन्दा धेरै सकृय संक्रमित रेसुंगा नगरपालिकामा रहेका छन् जहाँ सकृय संक्रमितको संख्या २११ रहेको छ । रुरु क्षेत्र गाउँपालिकामा ७६ जना सकृय संक्रमित रहेका छन् भने सबै भन्दा कम चन्द्रकोट गाउँपालिकामा रहेका छन् जहाँ सकृय संक्रमितको संख्या ४ रहेको छ । संक्रमितहरु मध्ये ५८० जना होम आइसोलेशनमा रहेका छन् भने रेसुङ्गा नगरपालिकामा १३ जना, इस्मा गाउँपालिकामा ३ र रुरु क्षेत्र गाउँपलिकामा ३ जना गरी जम्मा १८ जनाको आइसोलेशनमा उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामै सबै भन्दा भयावह अवस्था सत्यवती गाउँपालिकामा रहेको छ जहाँ कोरोना संक्रमणको मृत्‍यु दर झन्डै १८ देखिएको छ । सत्यवती गाउँपालिकामा जम्मा संक्रमित ३९ जना मध्य ७ जनाको मृत्‍यु भएको कार्यालयले जनाएको छ ।

हेरौँ गुल्मीको पछील्लो अवस्था कस्तो छ ?

परिक्षणसंक्रमितनिकोमृत्‍युसकृय संक्रमित
रेसुंगा५१५२४३२८४२११
मुसिकोट६२४९७१४१
मालिका६०२६५०२१
मदाने२६२३१०२२
धुर्कोट७०४९४४४१
कालिगण्डकी३८२४२१२१
चन्द्रकोट८७२१४
सत्यवती४८३९९७२३
रुरु क्षेत्र१३८९३१४३७३
छत्रकोट१०७७०१४२५४
ईस्मा१२७५११४४३
गुल्मीदरबार८५४९८०४१
जम्मा१२८४७२३९५२७६०१
स्रोत: स्वास्थ्य कार्यालय गुल्मी (२७ बैशाख २०७८)

संक्रमण जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा १७१ बेड क्षमताको आइसोलेशन बेड तयार गरि सञ्चालनमा रहेका छन्। यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । पहिलो र दोश्रो मात्राको खोप ४ हजार १२ जनाले लगाएका छन्।

नयाँ भेरिन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ ४ गतेसम्म लकडाउन गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ