gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा कोरोनाको संक्रमण दर घट्दो

सन्तोष महतारा
जेठ ०८ गुल्मी । गुल्मीमा पछिल्ला केही दिनहरुमा कोरोना भाइरसको संक्रमण दर तुलानात्मक रुपमा घटेको छ । यसभन्दा अगाडी परिक्षण गरिएका मध्ये करिब ७० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टी भएकोमा पछिल्ला दिनहरुमा परिक्षण गरिएका मध्ये ३० देखी ४० प्रतिशतमा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा दोस्रो लहर सुरु भएपछि एन्टिजेन विधिबाट १ हजार ८ सय ८० र पिसिआर विधिबाट १ हजार ३ सय ३९ जना गरी कुल ३ हजार २ सय १९ जनाको कोरोना परिक्षण गरिएको छ । जसमध्ये कुल १ हजार ६ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख गरिएको छ । समष्टिगत तथ्याङ्क हेर्ने हो भने गुल्मीमा परिक्षण गरिएका मध्ये ५२.५६ प्रतिशतमा कोरोनाको संक्रमण देखिएको हो ।

पछिल्ला दिनमा संक्रमणको प्रतिशत दर केही मात्रामा घटेर ३० देखी ४० प्रतिशतमा आएको छ । यसरी हेर्दा कोरोनाको संक्रमण दर विस्तारै घट्ने देखिन्छ । कोरोनाका कुल संक्रमित मध्ये अहिले ३५ प्रतिशत संक्रमित कोरोनाबाट निको भएर घर फर्किएका छन् । संक्रमित मध्ये ३.७८ प्रतिशत बिरामीको मृत्यु भएको छ । यसरी हेर्दा पनि कोरोना लागेपछि मृत्यु हुने सम्भावाना निकै कम देखिन्छ । अझै पनि ६१ प्रतिशत भन्दा बढी कोरोना संक्रमित उपचारको क्रममा रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । संक्रमित मध्ये ३५ जनाले अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका छन् । भने बाँकी संक्रमित होम आइसोलेशनमा बसिरहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D